सौर्य बत्तीका कारण रमिते गाउँको मुहार फेरिदै

काठमाण्डु टुडे २०७१ फागुन १९ गते ११:५८ मा प्रकाशित

Solar
विराटनगर,१९ फागुन– मोरङको रमिते गाविस–२ मा एक करोड १० लाखको लागतमा सोलार मिनी ग्रिड जडान हुने भएको छ । वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको ६० लाख, जिविस मोरङको १० लाख,क्षेत्र नं ९ का सभासद् डिकबहादुर लिम्बूको सभासद्कोषबाट १० लाख र उपभोक्ताको पाँच लाखको लागतमा उक्त ग्रिड जडान हुने जिविस मोरङका वातावरण ऊर्जा,जलवायु परिवर्तन अधिकृत ज्ञानेन्द्र सिंहले जानकारी दिए ।

आव २०७२/७३ को कात्तिक मसान्तसम्ममा यो योजना सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

उक्त योजना सम्पन्न भएपछि सो गाविसका वडा नं २ का ७५ परिवारमा सौर्य ऊर्जाको माध्यमबाट विद्युत् सेवा उपलब्ध हुनुका साथै सानातिना उद्योग पनि सञ्चालन गर्न सकिने अधिकृत सिंहले जानकारी दिए ।

यसैबीच,मोरङको आठ गाविसका चोक र हाटमा ३२ थान सौर्य सडक बत्ती जडानको कार्य सुरु गरिएको छ ।

मोरङका तेतरिया,डगराहा,सिसवनीबडहरा,सिजुवा,राजघाट,झुर्किया,बडङ्गा र गोविन्दपुरमा चैत १५ गतेसम्ममा जडान गरिसक्ने योजना छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us