समाचार

अस्पतालमै औषधी नभएपछि छट्पटिदै बिरामी

२०७१ फागुन १९ गते ९:३१

मोरङ,१९ फागुन– कुनै पनि अस्पतालमा लामो समय औषधी भएन भने त्यो अस्पतालको हालत के होला ? बिरामीको अवस्था के हुन्छ ? त्यसलाई अस्पतालको संज्ञा दिनेकी नदिने ? सोही घटनाको पूनरावृत्ति विराटजगरको कोशी अञ्चल अस्पतालमा पनि देखिएको छ । औषधि सकिएको नौ महिना पुग्दा पनि...

जबर्जस्ती रङ दल्ने, लोला हान्नेलाई कारबाही हुने

२०७१ फागुन १९ गते ९:२९

  काठमाण्डु, १९ फागुन– आगामी होली पर्वका अवसरमा इच्छा विपरीत जबर्जस्ती रङ दल्ने, प्लास्टिकजन्य लोला हान्ने, फोहर पानी छ्याप्ने तथा महिला, बालबालिकालगायत बाटो हिँड्नेलाई दुःख दिनेजस्ता कार्य नगर्न आह्वान गर्दै गृहमन्त्रालयले त्यसो गरेको पाइएमा कारबाही गरिने जनाएको छ । मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी...

खुम्जुङ क्षेत्रमा ०१७ सालयताकै धेरै हिमपात

२०७१ फागुन १९ गते ९:१०

सोलुखुम्बु,१९ फागुन– लगातार भएको वर्षा र चिसोका कारण सोलुखुम्बुको खुम्जुङमा करिब सात फिट हिउँ जमेका कारण स्थानीय जनजीवन कष्टकर बन्दै गएको छ । वि।सं २०१७ देखि खुम्जुङमा बाटो खन्ने काम गर्दै बस्नुभएका पासाङ शेर्पाका अनुसार खुम्जुङमा अहिलेसम्मकै बढी हिउँ परेको हो । खुम्जुङ उपत्यकालगायत...

पत्नी गुमाएका वीरेन्द्रलाई १ लाख १७ हजार सहयोग

२०७१ फागुन १९ गते ८:५७

पर्सा,१९ फागुन– केहीदिन अघि सुत्केरी हुने क्रममा उपचारका अभावमा पत्नी गुमाएका स्थानीय वीरेन्द्र रोनियारलाई सहयोग गरिएको छ । पर्साको महुवन गाविसका स्थानीय रौनियारलाई मंगलबार परवर्तनका लागि युवा समुह र ट्विटर समुहले एक लाख १५ हजार सहयोग गरेका हुन् । वीरगन्जको घन्टाघरमा आयोजना गरिएको कार्यक्रममार्फत...

रामजानकी मन्दिरको जग्गा भूमाफियाको हातमा परेपछि

२०७१ फागुन १९ गते ८:४१

जनकपुरधाम,१९ फागुन– ऐतिहासिक रामजानकी दुल्हा मन्दिर (बेला कुट्टी) को स्वामित्वमा रहेको करिब चार करोडभन्दा बढीको जग्गा भूमाफियाले अतिक्रमण गरी बिक्री वितरण गरेको रहस्य खुलेको छ । जनकपुर उपमहागनरपालिका–२३ अन्तर्गत रहेको १८ बिगाहा जग्गामध्ये करिब आठ बिगाहा जग्गा भूमाफियाहरूले अतिक्रमण गरी बिक्री वितरण गरेको गुठी...

जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा १ जनाको मृत्यु

२०७१ फागुन १९ गते ८:३०

चौतारा,१९ फागुन– अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोक जिल्लाको बसेरीमा मोटरसाइकललाई जिपले ठक्कर दिँदा एकको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सिन्धुपाल्चोकको मार्मिङ–८ निवासी १७ वर्षीया निमाग्याल्जेन शेर्पाको उपचारका क्रममा मंगलबार बिहान बाँसबारीस्थित न्युरो अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका...

एमाले सचिव भन्छन्, ‘कांग्रेससँगको सरकार घाटाको व्यापार’

२०७१ फागुन १९ गते ८:१८

झापा, १९ फागुन– एमालेभित्र सरकारको विषयलाई लिएर ठूलै बहस चलिरहेकाबेला एमालेका सचिव योगेश भट्टराईले कांग्रेससँगको सरकार आफूहरुका लागि घाटाको व्यापार जस्तै भएको बताएका छन् । मंगलबार झापाको बिर्तामोडमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान निर्माणको प्रक्रियाअघि नबढाए एमाले सरकारमा बस्नुको कुनै औचितय...

विपद व्यवस्थापन रणनीतिका लागि योजना आयोगको टोली चितवनमा

२०७१ फागुन १९ गते ८:१५

चितवन,१९ फागुन– आगामी वर्षको विपद् व्यवस्थापनसम्बन्धी नयाँ रणनीतिका लागि स्थलगत भ्रमणमा निस्किएको राष्ट्रिय योजना आयोगको टोली मंगलबार चितवन पुगेको छ । योजना आयोगका सचिव शारदाप्रसाद त्रितालको नेतृत्वमा टोली अनुगमनका लागि चितवन आएको हो । चितवनको माडीको विपद् क्षेत्र र रत्ननगर बछौलीको विपद् क्षेत्रको मंगलबार...

हिमपातका कारण थुनिएको कर्णाली एक्कासी खोलिएपछि

२०७१ फागुन १९ गते ७:४६

काठमाण्डु,१९ फागुन– कर्णाली नदीमा पानीको बहाव मंगलबार दिउँसोदेखि बढ्न थालेको छ । जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कुँवरका अनुसार मंगलबार दिउँसोदेखि कर्णालीमा पानीको बहाव बढ्न थालेको हो । हिजो राती बाक्लो हिमपातका कारण नदी थुनिएको रहेछ,अहिले पानीको बहाव बढेको...

यसरी एउटै मञ्चमा भेटिए प्रधानमन्त्री र प्रचण्ड

२०७१ फागुन १९ गते ७:४०

चितवन १९ फागुन– एमाओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री सुशील कोइराला मंगलबार एउटै मञ्चमा भेटिएको छन् । चितवनको शिवनगरस्थित नारायणी उच्च माविको स्वर्ण महोत्सवमा सहभागी हुन प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्ड एउटै मञ्चमा भेटिएका कोइराला र प्रचण्डबीचमा अनौपचारिक कुराकानी भएको बताइएको छ  ।...

घर भत्कँदा ३ जनाको मृत्यु

२०७१ फागुन १९ गते ७:३८

कालीकोट,१९ फागुन– अविरल वर्षाका कारण कालिकोटमा एक घर भत्कँदा तीनजनाको मृत्यु भएको छ । जिल्लाको थिर्पु गाविसमा सोमबार राती घर भत्किँदा एकै घरका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा थिर्पु गाविस–५ बेर्सैनकोटका ३५ वर्षीय दलबहादुर रोकाया,उनकी श्रीमती ३४ वर्षीया मिमसरा र सात...

लगातारको झरीका कारण गोरखामा बिरामी बढे

२०७१ फागुन १९ गते ७:३०

गोरखा,१९ फागुन– विगत चार दिनदेखि लगातार परेको पानीले बढाएको चिसोसँगै गोरखामा बिरामी बढेका छन् । जिल्ला अस्पताल गोरखामा उपचार गराउन आउने बिरामीको सङ्ख्या दिनहुँ बढ्दै गएको छ । रुघाखोकी,ज्वरो,झाडापखाला,स्याँस्याँ हुने जस्ता बिरामी उपचारका लागि अस्पतालमा आएको डाक्टरले जनाएका छन् । अस्पतालका प्रवक्ता साहेवप्रसादका अनुसार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us