समाचार

चिसोले कठ्याङ्ग्रिएर एकको मृत्यु

२०७० पुष २३ गते ६:३७

पर्सा, २३ पुस – पर्साको मधुवन मथवल गाविसमा जाडोले कठ्याङ्ग्रिएर मंगलबार एकजनाको ज्यान गएको छ । मधुवन मथवल गाविस–४ का सुखन माझीको अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । सो गाविसअन्तर्गत पर्ने कोइलाभार साझेदारी वनबाट काठ दाउरा ल्याउन...

भक्तपुरमा बस जुध्दा ३० यात्रु घाइते

२०७० पुष २३ गते ६:०९

भक्तपुर, २३ पुस–भक्तपुरमा मंगलबार विहान दुईवटा यात्रु बस ठोक्किदा ३० जना यात्रु घाइते भएका छन् । बा २ ख ६८१० र ना २ ख १५६७ नम्बरका बस भक्तपुरको पलासेमा ठोक्किएका हुन् । प्रहरी र स्थानीयबासीले घाइतेहरुको उद्धार गरेका छन् । घाइतेहरुलाई उपचारको जिल्ला अस्पतालमा...

श्रीमतीले मारिन् श्रीमानलाई

२०७० पुष २३ गते ४:१५

धरान, २३ पुस–सुनसरीको धरानमा एक महिलाले आफ्नो श्रीमानको हत्या गरेकी छन् । धरान नगरपालिका १९ की गंगा विकले खाना पकाउने भाँडाले हानेर श्रीमान दिलकुमारको हत्या गरेकी हुन् । घरायसी विवादमा गंगाले दिलकुमारको हत्या गरेको अनुमान छ । प्रहरीले घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।...

प्याब्सनसँगको वार्ता विफल

२०७० पुष २३ गते ४:०२

चितवन, २३ पुस– नेपाल संस्थागत विद्यालय शिक्षक यूनियन ( नेपाल ईष्टु) चितवन र प्याव्सन चितवनबीच भएको वार्ता विना निश्कर्ष टुङ्गिएको छ । सोमबार साँझ अवेर भएको वार्तामा प्याव्सनले शुल्क निर्धारण नगरेसम्म तत्काल ईष्टुले उठाएका मागहरु सम्बोधन गर्न नसकिने अडान लिएपछि वार्ता निश्कर्षमा पुग्न नसकेको...

कोटेश्वरमा आगलागी, झण्डै ८० लाख क्षति

२०७० पुष २३ गते २:२४

काठमाण्डु, २३ पुस– काठमाण्डुको कोटेश्वरस्थित तरकारी बजारमा मंगलबार विहान आगलागी हुँदा ८० लाख रुपैयाँ बराबरको धनमान जलेर नष्ट भएको छ । केदार ढकालको घरबाट आगो सुरु भएको थियो । आगोबाट औषधी पसल, कपडा पसल, जुत्ताचप्पल पसल र कस्मेटिक पसलमा क्षति पुगेको छ । ढकालको...

जनताले बनाइदिए ४८ लाखको प्रहरी चौकी

२०७० पुष २३ गते २:२१

नेपालगन्ज, २३ पुस–बाँकेको शम्शेरगन्ज र हवल्दारपुर गाविसका जनताले आर्थिक सङ्कलन र श्रमदान गरी बनाएको अस्थायी प्रहरी चौकीको भवन जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेका छन् । शम्शेरगन्ज गाविस–७ मा निर्माण गरिएको चार कोठाको प्रहरी चौकी भवनको कुल खर्च तीन कठ्ठा जग्गासहित ४८ लाख रुपैयाँ छ...

अञ्चल अस्पतालमा अख्तियारको छापा

२०७० पुष २३ गते २:१८

धनगढी, २३ पुस–सेती अञ्चल अस्पताल धनगढीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालयले छापा मारेर महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख शिवराज कोइराला नेतृत्वको टोलीले अञ्चल अस्पतालमा भएको अनियमितताका विषयमा परेको लिखित उजुरीका आधारमा सोमबार छापा मारी कागजपत्र नियन्त्रणमा लिएको हो ।...

डडेल्धुरामा खाद्य सुरक्षा आयोजना

२०७० पुष २३ गते २:१२

डडेल्धुरा, २३ पुस–खाद्य संकटको उच्च जोखिममा रहेका डडेल्धुराका १० गाविसमा खाद्य सुरक्षा कार्यक्रम लागू गरिएको छ । संकटग्रस्त क्षेत्रमा खाद्य सुरक्षा प्रवद्र्धनका लागि जिल्ला कृषि विकास कार्यालय, पशुसेवा कार्यालय र जिल्ला स्वास्थ्य कार्यालयमार्फत कृषि विकास मन्त्रालयले कृषि तथा खाद्य सुरक्षा आयोजना सुरु गरेको हो...

सबै सरकारी स्कूलमा अङ्ग्रेजीमा पढाइ

२०७० पुष २३ गते २:०३

काठमाण्डु, २३ पुस– सरकारले सबै सामुदायिक (सरकारी) विद्यालयका माध्यमिक तहमा अङ्ग्रेजी माध्यमबाट पढाउने दसबर्षे योजना ल्याएको छ । निजी र सरकारी विद्यालयमा समान रुपले शिक्षा दिलाउन र सामुदायिक विद्यालयप्रतिको आकर्षण बढाउन यस्तो योजना ल्याइएको शिक्षा मन्त्रालयले जनाएको छ । यो योजना २०७३ वैशाखदेखि पूर्ण...

प्रहरी महानिरीक्षक महिनामा एक रात सिपाहीसँग सुत्ने

२०७० पुष २२ गते १५:३६

काठमाण्डु, २२ पुस– प्रहरी प्रधान कार्यालयले देशभरका जिल्ला प्रहरी कार्यालयहरुलाई हरेक तीन महिनामा एक पटक नागरिकहरुको गुनासो सुन्नका लागि सार्वजनिक सुनुवाई गर्न निर्देशन दिएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले सबै जिल्ला प्रहरी कार्यालयलाई प्रत्येक तीन महिनामा नागरिक सुनुवाई गर्न निर्देशन दिएका हुन् ।...

एमाओवादीका डेढ सय बढी नेता घटुवामा

२०७० पुष २२ गते १३:४५

काठमाण्डु, २२ पुस– एकीकृत नेकपा माओवादीका करिब एक सय ५० भन्दा बढी केन्द्रीय सदस्य घटुवामा पर्ने भएका छन् । स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा पेश गर्न तयार पार्दै गरेको दस्तावेजको संगठनात्मक प्रस्तावमा केन्द्रीय समिति सानो बनाउने उल्लेख छ । निर्वाचनको...

प्रचण्डको दस्तावेज चित्त नबुझे नारायणकाजीले छुट्टै ल्याउने

२०७० पुष २२ गते १३:४०

काठमाण्डु, २२ पुस – एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गर्ने दस्तावेज चित्त नबुझे छुट्टै दस्तावेज ल्याउने बताएका छन् । अध्यक्ष प्रचण्डसँग दस्तावेज तयारीका विषयमा सोमबार छलफल गरेपछि काठमाण्डु टुडेसँग कुराकानी गर्दै श्रेष्ठले सो कुरा बताएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us