हिमपातका कारण थुनिएको कर्णाली एक्कासी खोलिएपछि

काठमाण्डु टुडे २०७१ फागुन १९ गते ७:४६ मा प्रकाशित

karnali
काठमाण्डु,१९ फागुन– कर्णाली नदीमा पानीको बहाव मंगलबार दिउँसोदेखि बढ्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण वहादुर कुँवरका अनुसार मंगलबार दिउँसोदेखि कर्णालीमा पानीको बहाव बढ्न थालेको हो ।

हिजो राती बाक्लो हिमपातका कारण नदी थुनिएको रहेछ,अहिले पानीको बहाव बढेको खबर आएको छ,उनले टेलिफोनमा बताए ।
हुम्ला सदरमुकाम सिमीकोटदेखि एक दिन टाढाको दुरीमा रहेको धारापरी प्रहरी चौकीका सुरक्षाकर्मीले कर्णालीमा पानीको बहाव बढिरहेको खबर दिएको हो । पानी थुनिएको ठाउँ धारापरी चौकीदेखि डेढ दिनको पैदल दुरीमा पर्ने बताइन्छ ।
सहायक प्रजिअ कुँवरले भनेः हिउँले नदी थुनिएको हो,विस्तारै हिउँ पग्लिन थालेपछि बहाव बढेको हो ।
लगातारको वर्षा र बाक्लो हिमपातका कारण गएरातिदेखि कर्णाली नदी थुनिएको हो । नदी थुनिएपछि कर्णालीमा पानीको बहाव घटेको थियो । नदीमा पानीको बहाव घटेका कारण नदी किनारामा बसोबास गर्ने जनता त्रसित बनेका छन् । सदरमुकाममा विद्युत् आपूर्ति पनि अबरुद्ध छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us