चितवनमा स्वाइन फ्लु संक्रमितको संख्या ६ पुग्यो

काठमाण्डु टुडे २०७१ फागुन १८ गते १०:४८ मा प्रकाशित

swin flue
चितवन,१८ फागुन– चितवनस्थित भरतपुर अस्पतालमा परीक्षण गराइरहेका थप दुईजनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ ।
दुई दिनअघि १४ जना बिरामीको नमुना परीक्षणका लागि काठमाण्डु पठाइएकामा थप दुईजनामा स्वाइन फ्लुको सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले सोमबार जानकारी दिएको हो ।
योसँगै अहिलेसम्म जिल्लामा उपचार गराएका ६ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । केही दिनअघि यहाँ चारजनामा फ्लु लागेको पुष्टि भएको थियो ।

दुईजनामा स्वाइन फ्लुको सङ्क्रमण भएको आज मात्रै पुष्टि भएको जानकारी आएको कार्यालयले जनाएको छ । अहिलेसम्म जिल्लाका ६० जनाको नमुना परीक्षणमा ६ जनामा स्वाइन फ्लु लागेको पाइएको हो । नेपालभरमा अहिलेसम्म ४३ जनामा स्वाइन फ्लु लागेको सार्वजनिक भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us