म्याग्दीका उच्च पहाडी क्षेत्रमा वर्षासँगै बाक्लो हिमपात

काठमाण्डु टुडे २०७१ फागुन १८ गते ३:१७ मा प्रकाशित

म्याग्दी, १८ फागुन –म्याग्दीका उच्च पहाडी क्षेत्रमा आइतबार दिउँसोदेखि बाक्लो हिमपात भएको छ ।

जिल्लाका गुर्जा, मुदी, लुलाङलगायत क्षेत्रमा बिहानैदेखि पानी परेको र पानीसँगै हिमपात पनि भएपछि जनजीवन प्रभावित बनेको मुदीकी सामाजिक परिचालिका एजिना रोकाले बताईन।

म्याग्दीलगायत धौलागिरि अञ्चलका चारवटै जिल्लामा आइतबार विहानदेखि वर्षा भइरहेको छ । उच्च पहाडी क्षेत्रमा हिमपात भएपछि चिसो बढेकाले वृद्धवृद्धा र पशु चौपायालाई समस्या भएको स्थानीयवासीले बताएका छन्। गुर्जाको लेकमा बाक्लो हिमपात भइरहेको छ । पानी परेपछि गहुँलगायत हिउँदेबाली राम्रो हुने हुँदा तल्लो भेगका कृषक भने खुसी भएका छन् ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us