विवाह भोजबाट फर्किएका पुरुष मृत फेला

काठमाण्डु टुडे २०७१ फागुन १७ गते ३:३७ मा प्रकाशित

 

खोटाङ, १७ फागुन– विवाह भोज खान गएर फर्किएका खोटाङका एक पुरुष मृत फेला परेका छन् । आफन्तको घरमा विवाहको भोज खाएर फर्किएका दिक्तेल नगरपालिका–१ का ४२ वर्षीय खिला घिमिरे शनिबार मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक मनोज यादवले बताए ।

घिमिरेको शव बाटोदेखि ३० मिटर तल भेटिएको थियो । शव जिल्ला अस्पताल खोटाङमा परीक्षण गरेर आफन्तलाई जिम्मा लगाएको प्रनानि यादवले जानकारी दिए ।

रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us