एमालेमा मनोनित केन्द्रीय सदस्यलाई सपथ खुवाइँदै

काठमाण्डु टुडे २०७१ फागुन १७ गते ६:१८ मा प्रकाशित

uml-officeकाठमाण्डु, १७ फागुन,ु–एमालेले मनोनित केन्द्रीय सदस्यहरुलाई आज सपथ खुवाउँदै छ । अध्यक्ष केपी ओलीले आज मध्यान्ह १२ बजे पार्टी कार्यलय बल्खुमा सपथ खुवाउने कार्यक्रम रहेको छ ।

फागुन १४ गते बसेको स्थायी समिति बैठकले १० जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो । मनोनित हुनेहरुमा देवराज घिमिरे, घनेन्द्र बस्नेत, कृष्णगोपाल श्रेष्ठ, हरि पराजुली, कल्याणी खड्का, सुमन प्याकुरेल, जया घिमिरे, प्रमेश हमाल, रामकुमार ज्ञवाली र केदार न्यौपाने थिए ।]

बैकल्पिकमा ६ जानलाई मनोनित गनुपर्ने भए पनि नेताहरु बीच भागवण्डा नमिल्दा अझै हुनसकेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us