भीमदत्तनगर, १७ फागुन – प्रहरी अनुसन्धान टोलीले शनिबार एकाबिहानै बाघको छाला र आखेटोपहारसहित दुई नेपालीलाई पक्राउ गरेको केही घन्टा नबित्दै सोही तस्करीमा संलग्न थप एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको प्रहरीको अनुसन्धान टोलीले कञ्चनपुरको पुनर्बास नगरपालिका–८ माछापुछे« टोलीका...
पाल्पा, १७ फागुन – लायन्स क्लब इन्टरनेसनल ३२५ बिटू नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ । बैठकको उद्घाटन गर्दै सो संस्थाका पूर्वगभर्नर सञ्जय खेतानले आफूहरुले नेपाल तथा विभिन्न देशमा सामाजिक रुपमा काम गर्दै आएको र आगामी दिनमा यसलाई अझ प्रभावकारी...
दमक, १७ फागुन– झापाको कोहबरा–४ स्थित सुखुना महादेवको मन्दिर निर्माण गर्न स्थानीयवासी एक दाताले रु २० लाख रुपैयाँभन्दा बढीको सहयोग गर्ने भएको छ । कोहबरा–४ का शङ्कर सङ्ग्रौलाले करिब रु २० लाखको लागतमा महादेवको मन्दिर निर्माण गरिदिन लाग्नुभएको हो । शनिबार एक कार्यक्रमबीच...
झापा,१६ फागुन– नौ दिनअघि कोरियामा मृत्यु भएका झापा धुलाबारीका छविलाल भण्डारीको शनिबार दाहसंस्कार गरिएको छ । गत वर्ष चैत २४ गते वैदेशिक रोजगारका लागि कोरिया पुगेका २५ वर्षीय भण्डारीलाई गत शुक्रबार त्यहीँको जङ्गलमा साथीहरुले मृत फेला पारेका थिए । साथीले नै कोरियास्थित नेपाली राजदूतावासमा...
रुपन्देही,१६ फागुन– मन्त्री परिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचन सफलरुपमा सम्पन्न भएपनि संविधान निर्माणमा दलहरु चुकेको बताएका छन् । नेपाल ट्र्याक्टर महासङ्घको राष्ट्रिय सम्मेलनलाई शनिबार रुपन्देहीको मङ्गलापुरमा उद्घाटन गर्दै पूर्व अध्यक्ष रेग्मीले दलहरुले जनतासँग वाचा गरेअनुरुप निर्धारित समयमै संविधान दिन नसक्दा दलहरु असफल...
चितवन,१६ फागुन– कृषिमन्त्री हरि पराजुलीले दाँम्लोले नबाँधी खुला स्थानमा राखेर गाईपालन गरे दूध उत्पादनमा साविकभन्दा १५ प्रतिशत वृद्धि हुने बताएका छन् । शनिबार भरतपुरमा रहेको सौगात एनिमल फामको स्थलगत अनुगमन पछि उनले सो कुरा बताएका हुन् । सौगात एनिमल फामले नमुनाको रुपमा गाईलाई दिनभरि...
काठमाण्डु, १६ फागुन– शनिबार काठमाण्डुका बानेश्वरमा प्रहरीले लाठी चार्ज गर्दा एमाओवादीका तीन केन्द्रीय सदस्यसहित झण्डै एक दर्जन कार्यकर्ता घाइते भएका छन् । घाइते हुने नेताहरुमा पोलिट्ब्युरो सदस्य गंगानारायण श्रेष्ठ, गंगा कार्की ‘विश्व’ र कृष्ण प्रसाद सापकोटा छन् । श्रेष्ठको टाउको तथा कार्की र सापकोटाको...
काठमाण्डु, १६ फागुन– सरकारले ३० दलीय मोर्चाको जुलुसले सुरक्षाकर्मीमाथि ढुंगामुढा गरेपछि बाध्य भएर बल प्रयोग गर्नुपरेको विज्ञप्ति निकालेको छ । गृहमन्त्रालयले विज्ञप्ति निकाल्दै निषेधित क्षेत्र तोड्न खोजेकोले बल प्रयोग गर्न बाध्य भएको स्पष्ट पारेको हो । संविधानसभा भवन रहेको नयाँबानेश्वरदेखि विजुलीबजार क्षेत्रलाई सरकारले सभा,...
भक्तपुर,१६ फागुन– सूचना तथा सञ्चारमन्त्री मीनेन्द्र रिजालले सहमतिबाटै संविधान निर्माण गर्ने प्रयासका कारण संविधान निर्माणमा ढिलाइ भएको बताएका छन् । शनिबार पेप्सीकोलास्थित नेक्सस् इन्टरनेसनल एकेडेमीको नवौँ अभिभावक दिवस एवम् सम्मान कार्यक्रममा रिजालले सरकारले अझैपनि सहमति मै संविधान निर्माण गर्ने पहल गरिरहेको उल्लेख गरे ।...
काठमाण्डु,१६ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले वार्ताद्वारा नै संविधान निर्माणलगायत मुलुकका सामु रहेका सबै राजनीतिक समस्याको समाधान हुने बताएका छन् । प्रधानमन्त्री कोइरालाले शनिबार बिहान नेपालगन्जको अन्तराल समूहद्वारा आयोजित बिपीको ऐतिहासिक फोटो प्रदर्शनी यात्राको प्रधानमन्त्री निवास बालुवाटारमा शुभारम्भ गर्दै सो कुरा बताएका हुन् । ‘वार्तामा...
काठमाण्डु, १६ फागुन– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बलात्कारीलाई फाँसी दिने कानुन बनाउने पक्षमा आफू रहेको बताएका छन् । एमाओवादी मोर्चाले शनिबार खुलामञ्चमा गरेका कार्यक्रममा बोल्दै बारामा भएको सात वर्षीष बालिकाका बलात्कारीलाई सरकारले कारबाही गर्न नसकेको आरोप लगाउँदै त्यस्ता बलात्कारीलाई फाँसी दिनु पर्ने...
काठमाण्डु, १६ फागुन–एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफू उत्पीडित समुदायको पहिचान दिने संविधान निमार्णका लागि अब मर्न तयार भएको तर काँग्रेस एमालेका सामू झुक्न तयार नभएको बताएका छन् । एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले खुल्लामञ्चमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले तत्काल बहुमतीय...