किन दिँदैछन् ओलीले चिनियाँलाई रात्रिभोज ?

काठमाण्डु टुडे २०७१ फागुन १७ गते ६:१५ मा प्रकाशित

kp-oliकाठमाण्डु, १७ फागुन– एमाले अध्यक्ष केपी ओलीले आइतबार साँझ नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईसहित चिनियाँ दुतावासका सबै कर्मचारीलाई रात्रिभोज दिने भएका छन् ।

राजधानीको गोकर्ण रिसोर्टमा साँझ ६ बजे आउनका लागि निमन्त्रणा पठाइएको बुझिएको छ ।

उक्त रात्रिभोजमा पार्टीका स्थायी कमिटी सदस्यहरुलाई पनि आमन्त्रण गरिएको छ । स्थायी समिति सदस्यहरुलाई श्रीमतीसहित उपस्थित हुन सूचना गरिएको स्थायी समितिका एक सदस्यले ‘काठमाण्डु टुडे’लाई बताए ।

आजै दिउँसो १ बजे पार्टी कार्यलय बल्खुमा स्थायी समितिको बैठक डाकिएको छ । बैठक सकेर सबै जना सिधै गोकर्ण रिसोर्ट जाने पनि ती सदस्यले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us