एमाओवादी भन्छ ‘डण्डा होइन, झण्डा प्रदर्शन गर्छौं’

काठमाण्डु टुडे २०७१ फागुन १६ गते ४:२५ मा प्रकाशित

maoist flagकाठमाण्डु, १६ फागुन– एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज राजधानीमा हुने शक्ति प्रदर्शनमा लाठी प्रयोग नगर्ने भएको छ ।

यसअघि एमाओवादीले आजैका लागि भन्दै लाठीसहितका युवाहरुको समूह बनाएको थियो । लाठी जुलुस नगर्न राष्ट्रिय मानवअधिकार आयोगले विपक्षी मोर्चाको ध्यानाकर्षण गराएको थियो ।

वाइसीएल कार्यबाहक अध्यक्ष आरसी शर्मा ‘विज्ञान’ ले लाठी प्रदर्शनको कार्यक्रम नरहेको काठमाण्डु टुडेलाई बताए । ‘जुलुसमा लाठी प्रदर्शन हुँदैन’, शर्माले भने, ‘झण्डा र डण्डा बोक्छ, लाठी कसैले बोक्दैन ।’ उनले झण्डा बोक्न लाठी चाहिने भएकाले त्यसलाई लाठी प्रदर्शन भन्न नमिल्ने तर्क गरे ।

मानवअधिकार आयोग वा अरु कसैको दबाबमा लाठी प्रदर्शन रोकिएको नभई आफूहरुको त्यस्तो योजना नै नरहेको जिकिर उनको छ । यसअघि १२ फागुनमा वाइसीएलले राजधानीमा लाठी जुलुस निकालेको थियो ।

सभा र प्रशर्दनको सुरक्षाका लागि २० हजार बढी युवा परिचालन गरिने बताए । जसमध्ये सभा व्यवस्थापनका लागि २ हजार जनाको विशेष टोली बनाइएको शर्माले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us