महरा भन्छन्, ‘कार्यकर्ता देखेर सरकार डरायो’

काठमाण्डु टुडे २०७१ फागुन १६ गते ७:२३ मा प्रकाशित

काठमाण्डु, १६ फागुन– एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले शनिबारको प्रदर्शनबाट सरकार डराएको दाबी गरेका छन् । उनले आफूहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा पनि सरकार आतंकित भएको दाबी गरे ।

krishna_bahadur_mahara

काठमाण्डुको खुलामञ्चमा आज विहान पत्रकारहरुसँग कुरा गर्दै महराले आफूले प्रहरी प्रमुखलाई नै फोन गरेर शान्तिपूर्ण प्रदर्शन हुने भएकाले अनावश्यक हस्तक्षेप नगर्न आग्रह गरे ।

उनले भने भने, ‘झण्डामा राखिएका लठ्ठीलाई पनि सरकारले हतियार देख्छ, सरकारको यो कमजोरी हो कायरता हो ।’
उनले दुई लाख जनता आउने भनिएको र दुई लाख आफ्ना मात्रै कार्यकर्ता हुने र अन्य २९ दलका कार्यकर्ता समेत मिसिदा त्यो भन्दा धेरै हुने उनको भनाई छ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us