समाचार

बेमौसमी वर्षाका कारण ७ करोडको बढिको क्षति

२०७१ फागुन १६ गते ३:१८

  लुम्बिनी, १६ फागुन – यही फागुन ६ गते परेको बमौसमी असिना पानीका कारण रुपन्देहीको कृषकले रु साढे सात करोड क्षति व्यहोर्नुपरेको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार राति अकस्मात परेका असिनाको कारण कृषकहरूले लगाएको गहुँ, तोरी, आलु, मकै, सूर्यमुखी र तरकारीमा...

आज एमाओवादी मोर्चाको शक्ति प्रदर्शन, दुई लाख उतार्ने दाबी

२०७१ फागुन १६ गते ३:१७

काठमाण्डु, १६ फागुन– एकीकृत माओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज राजधानीमा शक्ति प्रदर्शन गर्दैछ । सत्तारुढ दलले विगतका सहमति, सम्झौता र प्रतिबद्धताविपरीत बहुमतीय प्रक्रियाबाट संविधान ल्याउन खोजेकाले सहमति निर्माणमा दबाब दिन भन्दै मोर्चाले शक्ति प्रदर्शन गर्न लागेको हो । मोर्चाले दिउँसो १ बजे काठमाण्डुको...

हात्तीपाइलेविरुद्ध औषधि खानेमा सप्तरी पहिलो स्थानमा

२०७१ फागुन १६ गते ३:०२

सप्तरी, १६ फागुन –   हात्तीपाइलेरोगविरुद्धको औषधि खानेमा सबैभन्दा बढी सप्तरी जिल्लावासी रहेको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालयले पछिलो पटक दुई वर्षयता सबैभन्दा बढी व्यक्तिले हात्तीपाइलेविरुद्धको औषधि खाएको जनाएको छ । जनसङ्ख्याको आधारमा सबैभन्दा बढी व्यक्तिले औषधि सर्वाधिकरुपले खाएपछि ७५ जिल्लामध्ये सप्तरी जिल्ला नै...

पाटेबाघको छाला र हड्डीसहित दुई पक्राउ

२०७१ फागुन १६ गते २:५६

  कञ्चनपुर, १६ फागुन – सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयबाट खटिएको प्रहरीको अनुसन्धान टोलीले कञ्चनपुरको पुर्नवास नगरपालिका–८ बाट एकथान पाटेबाघको छाला र २० किलो हड्डीसहित दुई स्थानीयलाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा उनीहरूलाई गएराति पक्राउ गरिएको हो । भारतको सम्पूर्णानगरबाट ल्याइएको बाघको छाला...

खाडी मुलुकमा जाने नेपालीहरु किन दुःख पाउँछन् ?

२०७१ फागुन १५ गते १४:२२

इटहरी,१५ फागुन– नेपालमा च्याउ सरी सञ्चालनमा आएका अवैध र गैरकानुनी मेनपावर कम्पनीका कारण वैदेशिक रोजगारका लागि आफ्नो देश छोडी विभिन्न खाडी मुलुकमा प्रवेश गर्ने नेपाली कामदारहरूले दुख पाइरहेको सन्दर्भलाई केन्द्रीत गर्दै शुक्रबार एक कार्यक्रमको आयोजना गरियो । इटहरीमा आयोजित अभिमुखीकरण कार्यक्रममा वैदेशिक रोजगारमा जाने...

सरकारद्धारा नयाँ वैदेशिक नीति पारित

२०७१ फागुन १५ गते १४:०९

काठमाण्डु,१५ फागुन– सरकारले २२ वर्ष पुरानो वैदेशिक लगानी नीति प्रतिस्थापन गर्दै नयाँ नीति पारित गरेको छ । आर्थिक पूर्वाधार समितिको शुक्रबारको बैठकले विदेशी लगानी नीति र एकद्वार नीति, २०४९ लाई प्रतिस्थापन गर्दै नयाँ नीति पारित गरेको हो । विदेशी लगानी सहज रुपमा भित्र्याउन पुराना...

पारसले प्राप्ति बिहे गरेर ‘क्लिन बोल्ड’ गरेः बाबुुराम

२०७१ फागुन १५ गते १४:०७

काठमाण्डु, १५ फागुन– एमाओवादी नेता बाबुराम भट्टराईले राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई विवाहको शुभकामना दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले पारसलाई शुभकामना दिएका हुन् । भट्टराईले ट्वीटमा ‘क्लिन बोल्ड’ गरेको उल्लेख गरेका छन् । पारसले बिहीबार प्राप्ती राज्यलक्ष्मी राणासँग विवाह गरेका थिए...

चितवनमा रोटरीको अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट कन्फ्रेन्स सुरु

२०७१ फागुन १५ गते १३:५८

चितवन,१५ फागुन– रोटरी अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२९२ को सातौं डिष्ट्रिक्ट कन्फ्रेन्स शुक्रबारदेखि चितवनमा सुरु भएको छ । कन्फ्रेन्सको उद्घाटन गर्दै ३२९२ का अन्तर्राष्ट्रिय गभर्नर पिडिय च्यान्ज ग्यान एमले रोटरीले समाजको विकासमा खेलेको भूमिकालाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने बताए । अहिले समाज परिवर्तनका लागि यस क्लबले...

मछिन्द्रनाथको रथ बनाउने सिकर्मी बिमा नहुँदा दुःखी

२०७१ फागुन १५ गते १३:५०

ललितपुर,१५ फागुन– रातो मछिन्द्रनाथको रथ बनाउने काम अत्यन्तै जोखिमपूर्ण रहेको भएपनि बिमाको व्यवस्था नहुनु दुःखको कुरो भएको रथ निर्माणकर्मीहरुले गुनासो गरेका छन् । रथ निर्माणको कार्य अन्य कामभन्दा अत्यन्तै जोखिमपूर्ण मानिन्छ यस्तो जोखिमपूर्ण कार्य गर्न पनि बिमाको व्यवस्था नहुनु दुखको कुरो हो, रथ निर्माणको...

सहमतिमै चाँडो संविधान जारी गर्नुपर्छः गौतम

२०७१ फागुन १५ गते १३:३५

काठमाण्डु,१५ फागुन– उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले सबै जनताको अधिकार सुनिश्चित गरी सहमतिकै आधारमा जतिसक्दो चाँडो संविधान जारी हुने विश्वास व्यक्त गरेका छन् । तेत्तीसौँ मगर एकता स्थापना दिवस तथा प्रथम अन्तर्राष्ट्रिय मगर सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । सबै...

पार्टीको औचित्य समाप्त भएर जान्छः पोखरेल

२०७१ फागुन १५ गते १३:२८

दिनेश ठाकुर/नेपालगन्ज, १५ फागुन– नेकपा एमालेका स्थायी समिती सदस्य शंकर पोखरेलले एकिकृत नेकपा माओबादी नागरिक तर्साउले अभियानमा लागिरहे पार्टीको औचित्य समाप्त भएर जाने चेतावनी दिएका छन् । ‘एकीकृत माआवादीले विगतमा बन्दुकको बलमा धम्कि दिदै हिडेको अवस्था थियो’, नेकपा एमाले कोहलपुर नगर कमिटीको प्रथम अधिवेशनलाई शुक्रबार...

भण्डारीको उपचारका लागि ६८ हजार सहयोग

२०७१ फागुन १५ गते १३:२३

काठमाण्डु,१५ फागुन– नेपाल विद्यार्थी सङ्घ त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सचिव योगेश भण्डारीको उपचारका लागि विदेशबाट ६८ हजार ५ सय ३५ सहयोग प्राप्त भएको छ । दुवै मृगौला फेल भएर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहका भण्डारीको दाजु गगन भण्डारीलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us