बेमौसमी वर्षाका कारण ७ करोडको बढिको क्षति

काठमाण्डु टुडे २०७१ फागुन १६ गते ३:१८ मा प्रकाशित

 

लुम्बिनी, १६ फागुन – यही फागुन ६ गते परेको बमौसमी असिना पानीका कारण रुपन्देहीको कृषकले रु साढे सात करोड क्षति व्यहोर्नुपरेको छ ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार राति अकस्मात परेका असिनाको कारण कृषकहरूले लगाएको गहुँ, तोरी, आलु, मकै, सूर्यमुखी र तरकारीमा गरी रु सात करोड ५८ लाख एक हजार ९४० क्षति व्यहोर्नु परेको हो ।

रुपन्देहीका दुई नगरपालिका तिलोत्तमा र देवदह तथा अन्य आठ गाविसमा असिनाले बढी क्षति पु¥याएको जिल्ला कृषि विकास कार्यालयले गरेको सर्वेक्षणले देखाएको छ ।

असिनाले तोरीमा सबैभन्दा बढी क्षति पु¥याएको छ भने गहुँ र तरकारीमा ६० प्रतिशतभन्दा बढी क्षति पुगेको छ ।
रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us