तरुनी लिएर रेष्टुरेन्ट घुम्ने कुमारी बैंकका कार्यकारी अधिकृत निलम्बनमा

काठमाण्डु टुडे २०७१ फागुन १५ गते १०:४८ मा प्रकाशित

Uday-upedhyaफागुन ११ गते राजधानीको एक रेस्टेरेन्टबाट केटीसहित पक्राउ परेका कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत उदयकृष्ण उपाध्यायलाई खराव आचरणको भन्दै सञ्चालक समितिले निलम्बन गरेको छ । उनलाई बिहीबारबाट लागू हुने गरी निलम्बन गरिएको एक सञ्चालकले बताए ।

फागुन ३ गतेदेखि १५ दिने बिदामा बसेका उनी बिदामै बसेको अवस्थामा निलम्बनमा परेका छन् ।

‘सीइओ उपाध्यायको आचरण खराब देखिएकाले सञ्चालक समितिले उनलाई निलम्बन गर्ने निर्णय गरिसकेको छ’ ती सञ्चालकले भने ।

बैंकिङ क्षेत्रमा कार्यरत जोसुकै पनि प्रहरीको पक्राउमा परेपछि निलम्बन हुने राष्ट्र बैंकले जनाएको छ । अभियोग प्रमाणति नभए अभियुक्तको निलम्बन फुकुवा हुने प्रावधान छ ।

उपाध्यायलाई प्रहरीले फागुन ११ मा कोटेश्वरको आशियाना रेष्टुरेन्टवाट पक्राउ गरेको थियो ।

उपाध्यायले सामाजिक भावनाविपरीत कार्य गरेको भन्दै प्रहरीले सार्वजनिक अपराध ऐन अनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us