शनिबारको प्रदर्शन संविधान नबनाउने खेलको नाटकः रिजाल

काठमाण्डु टुडे २०७१ फागुन १५ गते १२:२३ मा प्रकाशित

Minendra-rijal
चितवन,१५ फागुन– सूचना तथा सञ्चार मन्त्री मीनेन्द्र रिजालले सहमतिमा नभए बहुमतीय प्रक्रियाबाट संविधान जारी हुने बताएका छन् ।

नेपाल विद्यार्थी सङ्घ रामपुर क्याम्पस इकाइले शुक्रबार आयोजना गरेको स्वागत तथा बृहत सांस्कृतिक कार्यक्रममा उनले सहमतिका लागि धेरै समय पर्खन नसक्ने धारणा राखेका थिए ।

दुई सयका लागि चार सय एक जनालाई पर्खाएर राख्न नसक्ने भन्दै उनलले जनता संविधानका लागि आतुर छन् यथाशक्य छिटो संविधान जारी गर्नुपर्नेमा जोड दिए ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक सविंधान जारी भएमा मात्र नेपालीको चाहना पुरा हुने भन्दै उनले सबै नेपालीको पक्षमा सविंधान बन्ने ठोकुवा गरे ।

शनिबार हुने ३० दलीय मोर्चाको जनप्रदर्शनप्रति सङ्केत गर्दै उनले भने,यो आन्दोलन संविधान नबनाउने खेलका लागि रचिएको नाटक हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us