समाचार

ठगी मुद्धाका फरार तीन पक्राउ

२०७१ फागुन १३ गते १२:११

काठमाण्डु, १३ फागुन– ठगी मुद्धामा ८ वर्षदेखि फरार ७३ वर्षीया महिलासहित बाँकेका एकै परिवारका ३ जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । उनीहरुलाई लुकीछिपी बसेको अवस्थामा राजधानीको छाउनीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बाँके उढरापुर–४ बस्ने ७३ बर्षीय...

९ महिनादेखि बन्द विद्युत् गृहबाट उत्पादन सुरु

२०७१ फागुन १३ गते १२:०२

  परासी,१३ फागुन– गत जेठ महिनादेखि बन्द भएको नवलपरासीको एक मात्र विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन सुरु भएको छ । विद्युत् गृहमा ३ नम्बर युनिट मर्मत गरी उत्पादन सुरु भएको गृहका इन्जिनियर पवनकुमार गुप्ताले जानकारी दिए । गृहमा रहेका अन्य दुईवटा युनिट जिर्ण अवस्थामा...

राजपत्रमा सूचना प्रकाशित नहुँदा भाडामा मनपरी

२०७१ फागुन १३ गते ११:५१

काठमाण्डु,१३ फागुन– नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सवारी साधनको भाडा घटाएको दुई साता बितिसक्दा पनि यातायात व्यवसायीले भाडा घटाउन मानेका छैनन् । सरकारले भाडा घटाउने निर्णय गरेपनि सवारी तथा यातायात व्यवस्था ऐनमा भएको नेपाल राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र कार्यान्वयन गराउने...

अब मुलुकमा आन्दोलन आवश्यक छैनः कोइराला

२०७१ फागुन १३ गते ११:४६

काठमाण्डु,१३ फागुन– प्रधानमन्त्री सुशील कोइरालाले लोकतन्त्रको मूलप्रवाहमा सबै राजनीतिक दल समाहित भइसकेकाले आन्दोलन,तोडफोड,झगडा गरिरहनुको अब कुनै औचित्य नरहेको बताएका छन् । प्रजातान्त्रिक आन्दोलनका योद्धा तथा नेपाली काँग्रेसका तत्कालीन महामन्त्री महेन्द्रनारायण निधिको ९४ औँ जन्मजयन्तीको अवसरमा वुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन्...

गोरखामा पाँच वर्षमा सबै घरमा खानेपानीको पहुँच पुग्दै

२०७१ फागुन १३ गते ११:४०

गोरखा बजार,१३ फागुन– गोरखामा ८१ प्रतिशत बासिन्दाको घरमा खानेपानी सुविधा पुगेको जिल्लास्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार खानेपानी आयोजनाबाट ८१ प्रतिशत स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् । जिल्लाको ६० गाविस र दुई नगरपालिकाका बासिन्दाको घर–घरमा खानेपानीको धारो पुगेको...

महेश बस्नेतले संघको विधानको बलात्कार गरेः दिल पन्त

२०७१ फागुन १३ गते ११:२९

काठमाण्डु, १३ फागुन– नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालकी बरिष्ठ उपाध्यक्ष दिल पन्तले महेश बस्नेतले संघको विधानको बलात्कार गरेको आरोप लगाएकी छन् । युवा संघका सदस्य समेत नरहेका ब्यक्तिलाई महेश बस्नेतले सचिव बनाएको भन्दै उनले सच्चिए आफूहरु एकीकृत रुपमै संघलाई अघि बढाउन तयार...

कलैयामा बालिका बलात्कारका अभियुक्त सार्वजनिक

२०७१ फागुन १३ गते १०:४२

बारा,१३ फागुन– जिल्ला प्रहरी कार्यालय बाराले बलात्कारको अभियोगमा पक्राउ परेका अभियुक्तलाई मङ्गलबार सार्वजनिक गरेको छ । प्रहरीले सूचनाका आधारमा बलात्कारको अभियोगमा कलैया–४ बस्ने विन्दा साह कानुको २८ वर्षीय छोरा कन्हाई गुप्तालाई निजकै घरबाट फागुन १० गते पक्राउ गरी जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक...

अन्योलमा स्ववियु निर्वाचन

२०७१ फागुन १३ गते १०:३२

काठमाण्डु,१३ फागुन– विगत लामो समयदेखि हुन नसकेको त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन अझै पनि अन्योलपूर्ण अवस्थामा छ । विसं २०६५ यता क्याम्पसमा स्ववियु निर्वाचन नभएका कारण देशभरका क्याम्पसहरु यतिखेर स्ववियुविहीन बन्न पुगेका छन् । विश्वविद्यालयले प्रत्येक दुईरदुई वर्षमा निर्वाचन गर्ने कार्यतालिकाअनुसार...

दिल पन्त नेतृत्वले महेश बस्नेतसँग स्पष्टिकरण सोध्ने

२०७१ फागुन १३ गते १०:२९

काठमाण्डु, १३ फागुन– नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालभित्रको विवाद चर्किदै गएको छ । विवादपछि बरिष्ठ उपाध्यक्ष दिल पन्त नेतृत्वको समूहले संघका अध्यक्ष एवम उद्योगमन्त्री महेश बस्नेत, उपाध्यक्ष निरुपाल, महासचिव राजिब पहारीसँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । पन्तको अध्यक्षता र पार्टी सचिव...

४८ घण्टाभित्र डिनको राजिनामा माग

२०७१ फागुन १३ गते १०:१८

काठमाण्डु, १३ फागुन– कृषि तथा पशु विज्ञान अध्ययन सस्ंथानमा कार्यरत, कर्मचारी र प्राध्यापकहरुले डिन प्रा.नरेन्दकुमार चौधरीको राजिनामा माग गरेका छन । बुधबार अध्ययन संस्थान बचाउ संघर्ष समितिको नामबाट रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले संस्थानको छविलाई नै समाप्त गर्ने गरी कार्य गरेको भन्दै...

जलविन्दु रोगसम्बन्धी जनचेतना फैलाउन च्यारिटी कन्सर्ट हुँदै

२०७१ फागुन १३ गते १०:१३

काठमाण्डु,१३ फागुन– जलविन्दु रोगको उपचार गर्न नसकेका बालबालिकालाई उपचारका लागि सहयोग पु¥याउन र जलविन्दु रोगसम्बन्धी जनचेतना फैलाउने उद्देश्यले राष्ट्रिय नेल्स ब्याण्डको चौँथो च्यारिटी कन्सर्ट आउँदो फागनु १६ गते दरबारमार्गस्थित सिटी म्युजियममा हुने भएको छ । गायक निमा रुम्बाका साथमा ब्याण्डका कलाकारहरु युवराज क्षेत्री (भोकल...

मोरङ र पर्वतमा स्वाइनफ्लूको सतर्कता अभियान शुरु

२०७१ फागुन १३ गते ९:५६

पर्वत,१३ फागुन– छिमेकी जिल्ला कास्कीमा स्वाइनफ्लूबाट सङ्क्रमित व्यक्ति भेटिएको पुष्टि भएपछि पर्वतमा पनि सतर्कता अभियान थालिएको छ । जिल्ला स्वास्थ्य कार्यालयले छिमेकी जिल्लामा सङ्क्रमण भेटिँदा पर्वतमा समेत सर्नसक्ने भन्दै सतर्कता अभियान थालेको हो । कार्यालयले कसैसँग पनि हात नमिलाउन आग्रह गरेको छ । हात...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us