मोरङ, १३ फागुन– मोरङमा एक किसानको खेतमा सर्प निस्चित समयमा देखिने र लुक्ने गरेका कारण अहिले हेर्नेहरुको घुइँचो लाग्न थालेको छ । विराटनगरको महेन्द्रचोकदेखि १० किलोमिटर उत्तरपूर्व बुधनगर–२ स्थित प्रदीप विश्वासको खेतमा विगत दुई महिनादेखि कालो रङ्गको सर्प दिउँसो १२ बजे र २ बजे...
काठमाण्डु, १३ फागुन– नेपाल वायुसेवा निगमको नयाँ जहाज बुधबारदेखि भारतको नयाँदिल्ली उडान सुरु गर्ने भनिए तापनि भारतीय आकाशमा उडानका लागि अनुमति आइनसकेकाले स्थगित भएको छ । नयाँ जहाजले पहिलो व्यावसायिक उडान नयाँ दिल्लीमा पुनः उडान सुरु गर्ने तयारी गरेको तर अनुमति आइनसकेको हुनाले स्थगित...
चितवन, १३ फागुन–तीन दिनदेखि बन्द चितवनका होटल आजदेखि औपचारिक रुपमा सञ्चालनमा आएका छन् । स्थानीय प्रशासन र होटल व्यवसायीबीच मङ्गलबार साँझ भएको वार्ता सहमतिमा टुङ्गिएपछि होटल सञ्चालनमा आएका हुन् । एक हप्ताभित्रमा पुरानो आचारसंहिता परिमार्जन गरी नयाँ आचारसंहिता लागू गर्न सहमति भएको व्यवसायीले बताएका...
काठमाण्डु, १३ फागुन– नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि सुरु भएको छ । बिहान ८ बजेका लागि बोलाइएको केन्द्रीय समितिको चौथो बैठक करिब डेढ घन्टापछि मात्र सुरु भएको हो । बैठकमा पार्टीको अनुशासन समितिको निर्णयउपर परेका पुनरावेदन, भ्रातृ संस्थाहरू, नेपाल...
सिन्धुपाल्चोक, १३ फागुन– नेकपा माओवादीले आयोजन गरेको सिन्धुपाल्चोक बन्दले जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सिन्दुपाल्चोक हुँदै चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन भने पसलहरु पूर्ण रुपमा बन्द गरिएका छन् । माओवादीले भोटेकोशी पावर कम्पनी र पाँच राजनीतिक दलबीच भएको ६...
महोत्तरी, १३ फागुन– महोत्तरीको जलेश्वर कारागारका एक कैदीको गएराति उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा जिल्लाको बिन्धी–४ बस्ने ६० वर्षीय राजेन्द्र महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । नागरिकतासम्बन्धी मुद्दाअन्तर्गत २०७० फागुन २२ गतेदेखि जलेश्वर कारागारमा बस्दै आएका कैदी...
मुस्ताङ, १३ फागुन– चिसो छल्न बेसीमा घुम्ती व्यापारलाई निस्केका उपल्लो मुस्ताङका सर्वसाधारण घर फर्कन थालेका छन् । जिल्लाको लोमान्थाङ, छोसेर, छोण्हुप, चर्राङ, सुर्खाङ, झोङलगायत गाविसका सर्वसाधारण मङ्सिरको पहिलो साता अन्नबाली धन्काएर बेसी झरेका थिए । तीन महिनासम्म उपल्लो क्षेत्रका यी बस्तीमा निरन्तर हिउँ पर्ने...
पर्सा, १३ फागुन– जिल्लाको सुर्जाहा गाविसको तीन वटा वडा विगत चार वर्षदेखि अन्धकारमय भएको छ । स्थानीयस्तरमा गठन गरिएको विद्युत् उपभोक्ता समितिले स्थानीयसँग विद्यु्त महसुल उठाए पनि नेपाल विद्युत् प्राधिकरण वीरगन्ज शाखालाई भुक्तानी नगरेपछि प्राधिकरणले विद्युत् सेवा काटिदिएपछि स्थानीय अन्धकारमा बस्न बाध्य भएका हुन्...
सोलुखुम्बु, १३ फागुन– सोलुखुम्बुको सोताङमा १२ वर्षीया बालिकालाई बलात्कार गर्ने ४३ वर्षीय खड्गबहादुर विकलाई आठ वर्ष जेल सजाय तोकिएको छ । जिल्ला अदालत सोलुखुम्बुका न्यायाधीश दीपककुमार खरेलको इजलासले गत साउन ९ गते स्थानीय बालिकालाई घरमा कोही नभएको समयमा बलात्कार गर्ने विकलाई मङ्गलबार सो आदेश...
गोरखा, १३ फागुन– क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी रहेको गोरखा जिल्ला कारागारभित्र खानेपानीको अभाव भएको छ । दिनहुँ १० हजार लिटर पानी आवश्यक रहेको कारागारमा जम्मा दुई हजार लिटर मात्रै खानेपानी आपूर्ति हुँदै आएको छ । पानीको मुहान र भण्डारण गर्ने ट्याङ्की नहुँदा पानी सङ्कलन...
पोखरा, १२ फागुन– नेत्रबिक्रम चन्द बिप्लव नेतृत्वको नेकपा माओवादीले पूर्व घोषित कार्यक्रम अनुसार भण्डाफोर अभियान सुरु गरेको छ । माओवादीले गोरखा जिल्लाको ११ किलामा रहेको शंकर धिताललको करिब ५० रोपनी भन्दा बढी जग्गा र एउटा घर कव्जा गरेको छ । माओवादी तमुवान राज्य ईच्जार्ज...
पर्वत, १२ फागुन– पर्वतको दुर्गम गाउँमा उत्पादित भुइँस्याउ कोरिया निकासी हुन थालेको छ । पर्वतका उत्तरी क्षेत्रमा गएको वर्षदेखि उत्पादन सुरु भएको भुइँस्याउ पहिलो वर्षमै कोरिया निकासी भएको हो । यस वर्ष करिब पाँच टन भुइँस्याउ कोरिया निकासी भएको छ । जिल्लाको लेकफाँट, शालिजा,...