भोटेकोसीमा भएको सेयर प्रकरणको विरोधमा विप्लव माओवादीले गर्‍यो सिन्धुपाल्चोक बन्द

काठमाण्डु टुडे २०७१ फागुन १३ गते ५:०३ मा प्रकाशित

Netra_Bikram_Chandसिन्धुपाल्चोक, १३ फागुन– नेकपा माओवादीले आयोजन गरेको सिन्धुपाल्चोक बन्दले जनजीवन प्रभावित बनेको छ । बन्दका कारण सिन्दुपाल्चोक हुँदै चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चलेका छैनन भने पसलहरु पूर्ण रुपमा बन्द गरिएका छन् ।
माओवादीले भोटेकोशी पावर कम्पनी र पाँच राजनीतिक दलबीच भएको ६ बुँदे सहमती खारेजीको मागगर्दै बन्दको आयोजना गरेको हो । बन्दलाई सफल बनाउने माओवादीका कार्यकर्ताहरु सहरका मुख्यमुख्य ठाउँमा भेला भएर नारा जुलुस गरिरहेका छन् । बन्द अहिलेसम्म शान्तिपूर्ण रहेको नेकपा माओवादी सिन्धुपाल्चोकले जनाएको छ ।
गत पुस ९ गते स्थानीयलाई ६ प्रतिशत सेयर दिने गरी कम्पनी र राजनीतिक दलबीच भएको सहमति जनताको पक्षमा नभएको भन्दै माओवादीले उक्त सहमति खारेजीका लागि दबाब दिन बन्दको आव्हान कार्यक्रम राखेको हो ।
माओवादीले आयोजनाले दिने शेयर कुनै राजनीतिक दल बिशेषलाई नभई समानुपातिक ढङगबाट लक्षित वर्गसम्मको पँहुच पुग्ने गरी वितरण गरिनु पर्ने, पीपीए सम्झौता तत्काल खारेज गरी सर्बसुलभ विद्युत सेवा उपलब्ध गराउनु पर्ने तथा स्थानीयलाई ६ प्रतिशत नभई २० प्रतिशत सेयर दिनुपर्ने लगायतका माग राखेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us