गोरखामा पाँच वर्षमा सबै घरमा खानेपानीको पहुँच पुग्दै

काठमाण्डु टुडे २०७१ फागुन १३ गते ११:४० मा प्रकाशित

no-water-tap

गोरखा बजार,१३ फागुन– गोरखामा ८१ प्रतिशत बासिन्दाको घरमा खानेपानी सुविधा पुगेको जिल्लास्थित खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार खानेपानी आयोजनाबाट ८१ प्रतिशत स्थानीय बासिन्दा प्रत्यक्ष लाभान्वित भएका छन् ।

जिल्लाको ६० गाविस र दुई नगरपालिकाका बासिन्दाको घर–घरमा खानेपानीको धारो पुगेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

‘‘८१ प्रतिशत जनता खानेपानी सेवाबाट लाभान्वित छन्’’ कार्यालयका इन्जिनियर इन्द्रप्रताप बोहराले बताए । गोरखामा ६३ हजार ५१६ घरधुरी रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ‘‘आउँदो पाँच वर्षभित्र सबै बासिन्दाको घर–घरमा खानेपानी सुविधा पुग्छ’’ उनले प्रस्ट पारे ।

गोरखामा हाल २१ वटा क्रमागत योजना र २७ नयाँ खानेपानी आयोजना निर्माणको चरणमा छन । कार्यालयका अनुसार जिल्लामा अहिलेसम्म एक हजार १६५ वटा खानेपानी आयोजना निर्माण भइसकेका छन । २०३९र४० देखि गोरखामा खानेपानी आयोजनाको काम सुरु गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us