किशोरीमाथि भएको दुव्र्यवहारको चौतर्फी विरोध

काठमाण्डु टुडे २०७१ फागुन ११ गते १४:३१ मा प्रकाशित

kisori

काठमाण्डु,११ फागुन– वसन्तपुरस्थित एक ट्युसन सेन्टरमा दुई किशोरी विद्यार्थीको शरीरमा तेजाब (एसिड) प्रहार गरिएको घटनाका सम्बन्धमा शिक्षासम्बन्धी सरोकारवाला सञ्जाल र विद्यार्थी सङ्गठनले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान ९एनसिइ० नेपाल, बालबालिका शान्ति क्षेत्र तथा बालसंरक्षण राष्ट्रिय सञ्जाल (सिजप), मानव अधिकार सञ्जाल प्रतिष्ठान (इह्रिकन) लगायतका संस्थाले विज्ञप्तिमार्फत घटनाको विरोध गर्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

वसन्तपुरस्थित कान्ति ईश्वरी स्कुलमा अध्ययनरत ती छात्रामाथि सोमबार भएको दुव्र्यवहारसम्बन्धी समाचार प्रकाशन भएपछि आफूहरुलाई गम्भीर बनाएको र यसले मुलुकको सुरक्षास्थिति र सभ्यतामाथि धावा बोलेको मात्र नभई विद्यालय शान्ति क्षेत्रको अवधारणाको ठाडो उल्लङ्घन गरेको ती संस्थाले जनाएका छन् ।

यसैगरी नेत्रविक्रम चन्दको नेतृत्वमा रहेको नेकपा माओवादी निकटको अनेरास्ववियु ९क्रान्तिकारी०ले सोमबार सो घटनाको विरोधमा वसन्तपुरमा विरोध ¥यालीको आयोजना गरेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us