समाचार

वार्तामा नआउनेलाई कुरेर समय फाल्न सकिँदैनः परराष्ट्रमन्त्री

२०७१ फागुन १० गते १:१८

चितवन, १० फागुन– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले विपक्षी दल वार्तामा बस्न नआए संविधान निर्माण प्रक्रिया अघि बढ्ने बताएका छन् । भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पाण्डेले पटक पटक वार्तामा बोलाउँदा पनि विपक्षी दल वार्तामा बस्न नआएको बताए। नेकपा एमालेका पोलिटब्युरो सदस्य पाण्डेले विपक्षी...

विकास बजेट समयमा नै खर्च गर्नुहोस्ः पौडेल

२०७१ फागुन ९ गते १५:३७

बनेपा,९ फागुन– मुख्यसचिव लिलामणि पौडेलले विकास बजेट समयमा नै खर्च गर्न र विकासको काम गुणस्तरीय गर्न निर्देशन दिएका छन् । कर्मचारी मिलन केन्द्र काभ्रेपलाञ्चोकले शनिबार आयोजना गरेको वनभोज कार्यक्रममा उनले यस्तो पद्धतिको विकासले जनताप्रतिको जवाफदेहिता बढ्ने बताए । उनले निजामती कर्मचारीप्रतिको धारणा अहिले पनि...

६ वर्षीया बालिका बलात्कार गरेर सडकमा फाल्ने को ?

२०७१ फागुन ९ गते १४:२६

वीरगञ्ज, ९ फागुन– बारामा एक ६ वर्षीया बालिका बलात्कृत भएकी छन् । शुक्रबार साँझ एकाएक हराएकी बालिका शनिबार कलैया–६ स्थित त्रिचन्द्र उमावि नजिकै सडक छेउमा अचेत अवस्थामा भेटिएकी हुन् । बालिकाको शरीरमा कपडा थिएन । कलैया नगरपालिका– ८ मद्रशा टोलकी बालिकामाथि अज्ञात समूहले बलात्कार...

राजतन्त्र फर्काउन खोजेको प्रचण्डको आरोप

२०७१ फागुन ९ गते १४:१६

नुवाकोट,९ फागुन– एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर मुलुकमा फेरि राजतन्त्र फर्काउन खोजेको आरोप लगाएका छन् । शनिबार नुवाकोटको ओखरपौवा–७ कागतीगाउँको भवानी माविमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष प्रचण्डले काँग्रेस र एमालेले राजतन्त्र फर्काएर देशलाई पुरानै अवस्थामा फर्काउन खोजेको धारणा...

सातवटा हेलिकोप्टरमा जम्बो टोली लिएर बागलुङ पुगे सादगी प्रधानमन्त्री

२०७१ फागुन ९ गते १२:१६

बागलुङ, ९ फागुन– प्रधानमन्त्री सुशील कोइरालासहितको जम्बो सरकारी टोली एउटा धार्मिक कार्यक्रममा सहभागी हुन सातवटा हेलिकोप्टर चार्टर गरेर शनिबार बागलुङ पुगेको छ । कोइरालासहित उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, एमाले अध्यक्ष केपी ओली, एमाओवादी प्रवक्ता दीनानाथ शर्मा, भौतिक योजना तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधि,...

तीस दलीय मोर्चाको प्रदर्शन

२०७१ फागुन ९ गते १२:०३

काठमाण्डु,९ फागुन– सहमतिमा संविधान जारी गर्नुपर्ने माग गर्दै एकीकृत नेकपा (माओवादी) को नेतृत्वमा रहेको तीस दलीय मोर्चाले शनिबार राजधानीमा कालोपट्टि बाँधेर प्रदर्शन गरेको छ । रत्नपार्कमा गरिएको प्रदर्शनमा प्रमुख दलका बीचमा भएको १२ बुँदे सम्झौता,अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता र विभिन्न पक्षबीच भएको सहमतिका...

प्रक्रियाबाट नै संविधान जारी हुनेः पाण्डे

२०७१ फागुन ९ गते १२:०२

परासी,९ फागुन– परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले दलहरुबीच सहमति भएपनि अन्तत प्रक्रियाबाट नै संविधान जारी हुने बताएका छन् । नवलपरासीको देवचुली–१२ गैडीमा अमर बाल क्लबद्वारा निर्माणाधीन सूर्यकुमार स्मृति बाल पुस्तकालयको शनिबार शिलान्यास गर्दे मन्त्री पाण्डेले सो कुरा बताएका हुन् । उनले भने सबै कुरा प्रक्रियाबाट नै...

नमुना जिल्ला अदालत बनाउने मुख्य न्यायाधीश कुँवरको भनाई

२०७१ फागुन ९ गते ११:५५

ललितपुर,९ फागुन– जिल्ला अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवरले ललितपुर जिल्ला अदालतलाई नमुना जिल्ला अदालतका रुपमा स्थापित गराउन आफू कटिबद्ध भएको बताएका छन् । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसनको १८ औं साधारणसभा एवम् नवौँ अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । न्यायिक...

३० हजार मेट्रिक टन ग्यास थप आउदैछः थापा

२०७१ फागुन ९ गते ११:३८

विराटनगर,फागुन– फागुन महिनाबाट उपभोक्ताले ग्यास सहजरुपमा पाउने वाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री थापाले नेपालको मागभन्दा सात हजार ५ सय मेट्रिक टन बढी ३० हजार मेट्रिक टन यस महिनाबाट आउन सुरु भएकाले अब ग्यासको...

ज्ञानेन्द्रले संक्रमणकालको फाइदा उठाउन खोजेका छन् : ज्ञवाली

२०७१ फागुन ९ गते ११:३४

धनकुटा, ९ फागुन–एमालेका सचिव प्रदीप ज्ञवालीले पूर्वराजासँग कांग्रेस–एमालेले सहमति गरेको भन्ने कुरा भ्रमपूर्ण भएको बताएका छन् । प्रेस चौतारी नेपालले शनिबार धनकुटा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै  एमालेका सचिवसमेत रहेका ज्ञावलीले संक्रमणकालको फाइदा ज्ञानेन्द्रले उठाउन खोजेको बताएका हुन् । उनले सङ्क्रमणकाल लम्बिँदै जाँदा यस्ता...

मिनरल वाटरभित्र मृत मुसा र लेदो

२०७१ फागुन ९ गते ११:२६

पाँचथर,९ फागुन– सदरमुकाम फिदिमस्थित एक पसलमा मिनरल वाटरभित्र मरेको मुसा र लेदो भेटिएको छ । जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको गृहसचिव सूर्यप्रसाद सिलवालले गर्ने उद्घाटन कार्यक्रममा फिदिमस्थित तिमल्सेना स्टोर्सले दिएको २० बाकस मिनरल वाटरभित्र मरेको मुसा र लेदो भेटिएको प्रशासन कार्यालयका खरिदार सुरेन्द्र दाहालले...

नयाँ वर्ष २०७२ का लागि पञ्चाङ्ग स्वीकृत

२०७१ फागुन ९ गते ११:०९

काठमाण्डु,९ फागुन– नेपाल पञ्चाङ्ग निर्णायक समितिले नयाँ वर्ष २०७२ का लागि १३ वटा पञ्चाङ्ग ९पात्रो० लाई प्रकाशनका लागि स्वीकृति दिने निर्णय गरेको छ । तिथि,बार,योग,नक्षत्र र करण गरी पाँचवटा अङ्गको समूहलाई पञ्चाङ्ग भनिन्छ । ॐ कार परिवारभित्रका धर्मावलम्बीका प्रत्येक धार्मिक कर्म पञ्चाङ्गको तिथिका आधारमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us