काठमाण्डु, २४ पुस – एकीकृत माओवादीका नेता वर्षमान पुनले चुनावमा पार्टीले भोगेको पराजयको जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित हेर्डक्वारटरले लिनुपर्ने बताएका छन् । चुनावमा जाने निर्णय अध्यक्षसहित वरिष्ठ नेताहरु सम्मिलित हेर्डक्वाटरले गरेको भन्दै पुनले अहिले कुनै पनि नेताले हारको दोष अरुलाई लगाउन नहुने बताए...
मोरङ, २४ पुस– मोरङको उर्लावारी ५ स्थित राजमार्गमा चोरी गरी ल्याएको एकसय किलो बँदेलको मासुसहित दुईजनालाई आज दिउँसो प्रहरीले पक्राउ गरेको छ । मोरङको पूर्व–पश्चिम राजमार्गमा को १ च ४२७९ नम्बरको भ्यानमा राखेर अवैधरुपमा चोरी सिकार गरी ल्याएको बँदेलको मासुसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले...
राजविराज, २४ पुस– सप्तरीको डाढा गाविसमा भाइ र बुहारीको कुटाइबाट दाजुको मृत्यु भएको छ । डाढा गाविस–६ मा कुटपिटबाट स्थानीय ५६ वर्षीय ईश्वरीप्रसाद साहको मृत्यु भएको प्रहरीले जनाएको छ । पारिवारिक विवाद बढ्दै कुटपिट हुँदा साहको मृत्यु भएको प्रहरी उपरीक्षक दिनेश अमात्यले बताए ।...
काठमाण्डु, २४ पुस- एकीकृत नेकपा माओवादीको पार्टी इतिहासमा आन्तरसंघर्षका कयौं निर्णायक मोडहरु छन् । जसमध्ये धोवीघाट गठबन्धन पनि एक चर्चित परिघटनाका रुपमा रहेको छ । २०६४ वैशाखमा मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ मिलेर गरेको गठबन्धनलाई एकीकृत माओवादीमा धोवीघाट गठबन्धनका नाममा चिनिन्छ ।...
काठमाण्डु, २४ पुस– नेकपा एमालेले संविधानसभा बैठक कसले बोलाउने भन्ने विवादलाई वकिलहरुले अनावश्यक रुपमा उचालेको आरोप लगाएको छ । राजनीतिक समझदारीमा टुंगो लगाउनु पर्ने विषयलाई अदालतमा पुर्याएर वकिलहरुले थप जटिल बनाएको ठहर एमालेको छ । ‘संविधानसभाको पहिलो बैठक कसले बोलाउने भन्ने विषयलाई वकिलहरुले अनावश्यक...
बुटवल, २४ पुस – आफ्नै १२ वर्षकी छोरीलाई पटक पटक बलात्कार गरेको आरोपमा रुपन्देहीको सिद्धार्थ नगरमा प्रहरीले एक जनालाई नियनत्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पुष १३ गते रातीदेखि १८ गतेसम्म पटक पटक आफ्नै छोरीलाई बलात्कार गरेको उजुरीपछि प्रहरीले सिद्धार्थनगर ७...
गोरखा, २४ पुस – एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टीले जनताको अपेक्षा पुरा गर्न नसक्दा चुनावमा पराजित भएको बताएका छन् । गोरखामा भएको कार्यक्रममा भट्टराईले जनताले थप्पड हानेकाले अव सच्चिएर अघि बढ्नुको विकल्प नभएको बताए । ‘जनताले हामीसँग धेरै अपेक्षा गरेका...
काठमाण्डु, २४ पुस – राष्ट्रपतिले संविधानसभाको बैठक आह्वान गर्नुपर्ने माग गर्दै सर्वाेच्चमा परेको रिटको सुनुवाई पुस २९ गतेका लागि सरेको छ । न्यायाधीशद्वय प्रकाश वस्ती र सुशीला कार्कीको इजलासले मन्त्रिपरिषद अध्यक्षले बैठक आह्वान गर्नुपर्ने मागसहित परेको रिटसँगै २९ गते विशेष इजलासमा सुनुवाई गर्न आदेश...
हेटौँडा, २४ पुस– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले विकास आयोजनासँग सम्बन्धित उपभोक्ता समिति, निर्माण व्यवसायी र गुण्डाहरुलाई राजनीतिक संरक्षण नदिइए भ्रष्टाचार नियन्त्रण हुने बताएका छन् । अख्तियारको मध्यामाञ्चल क्षेत्रीय कार्यालयको हेटौँडामा उद्घाटन गर्र्दै कार्कीले स्थानीय जनतासँग प्रत्यक्ष सरोकार रहेका विकास आयोजना...
काठमाण्डु, २४ पुस– समानुपातिक सभासद छनोटमा विवाद भएपछि एक अर्काप्रति खुला रुपमै असन्तुष्टी जनाउँदै आएका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा नेताहरु डा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ विहीबार एउटै मञ्चमा देखिने भएका छन् । विहीबार हुने क्रान्तिकारी आन्दोलनका नेता जयगोविन्द शाहको स्मृति...
ताप्लेजुङ, २४ पुस – सोमबार राति मृत्यु भएकि ताप्लेजुङकी मेनुका श्रेष्ठका माइती पक्षले हत्याको आशंका गरेपछि जलाउन घाटमा पुर्यासइएको उनको शव अस्पताल पठाइएको छ । माइती पक्षले हत्याको आशंका गरेपछि ताप्लेजुङमा नाङखोल्याङ गाविस म्याखाकी एक महिलाको शव दाहसंस्कार गर्न घाटमा पुर्या इए पनि फर्काइएको...
काठमाण्डु, २४ पुस – गृहमन्त्री माधव घिमिरेले जतिसक्दो छिटो नयाँ सरकार गठन गर्न नेपाली काँग्रेसलाई आग्रह गरेका छन् । काँग्रेस सभापति सुशील कोइरालालाई बुधबार बिहान भेटेर घिमिरेले सबै दललाई समेटेर छिटो सरकार बनाउन आग्रह गरेका हुन् । कोइराला निवास महाराजगञ्जमा भएको भेटमा घिमिरेले सरकार...