काठमाण्डुमा ट्युसन पढ्न हिंडेका किशोरीको अनुहारमा एसिड प्रहार

काठमाण्डु टुडे २०७१ फागुन १० गते ४:१६ मा प्रकाशित

acid attackकाठमाण्डु, १० फागुन– काठमाण्डुमा आइतबार बिहान एक किशोरीमाथि एसिड प्रहार भएको छ ।
ट्युसन क्लास लिइरहेका बेला १६ वर्षीया संगीता मगर र १५ वर्षीया सीमा बस्नेतमाथि अज्ञात समूहले एसिड प्रहार गरेको हो ।

 

उनीहरु झोछेस्थित एक ट्युसन सेन्टरमा बसिरहेका बेला एसिड प्रहार भएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

 

मुखमा माक्स लगाएर नचिनिने गरी आएका चार जनाले ती किशोरीमाथि एसिड छर्केर भागेको प्रहरीले बताएको छ ।

संगीताको वीर अस्पताल र सीमाको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us