राष्ट्रपतिविरोधी कार्यक्रममा बामदेव प्रमुख अतिथि

काठमाण्डु टुडे २०७१ फागुन ८ गते ८:१८ मा प्रकाशित

bamdav काठमाण्डु, ८ फागुन–राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको विरोधमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री बामदेब गौतम प्रमुख अतिथि बनेका छन् । शुक्रबार स्टाफ कलेज जावलाखेल चुरे संरक्षण संयुक्त आन्दोलन समितिद्वारा आयोजित कार्यक्रममा बामदेव प्रमुख अतिथि बन्न पुगेका हुन् ।

यो समितिले राष्ट्रपति चुरे संरक्षण कार्यक्रमको विरोध गर्दै आइरहेको छ ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले स्थानीय तहका जनताको अधिकार खोसेर लिएको भन्दै उनीहरुले यस कार्यक्रमको विरोध गरेका हुन् । उनीहरुले आज एक अपिल प्रकाशित गर्दै संसारका प्रयाः देशहरु तथा संयुक्त राष्ट्र संका सबै अंगहरुले वनलगायतका प्रकृतिक स्रोतमाथिको स्वामित्व स्थानीय समुदायलाई दिने र यिनै समुदायका माध्यमबाट वन, जलस्रोत र अन्य प्राकृतिक स्रोतहरुको दिगो व्यवस्थापन गर्ने कानुनी र संस्थागत व्यवस्था गर्दै आएकोमा नेपालमा स्थानीय तहका जनताको अधिकार यो कार्यक्रमले खोसेको उल्लेख गरिएको छ ।

चुरे संरक्षणमा सरकार पूर्ण रुपमा असफल भएको भन्दै उक्त प्रचामा भनिएको छ, ‘नेपालको चुरे संरक्षणमा सरकार र राज्यका सबै संरचनाहरु असफल भएका छन् । यसलाई नेपाल सरकार स्वयमले स्वीकार गरेको कुरा राष्ट्रि योजना आयोगका प्रकाशनहरुमा देखिन्छ ।’ उक्त प्रचामा चुरेलाई सरकारले मागीखाने भाँडोका रुपमा लिएको र संरक्षणका नाममा सिन्कोसम्म नभाँच्ने बरु थप दोहन गर्ने गरेको कुरा उल्लेख गरिएको छ

। त्यस्तै संरक्षणका नाममा स्थानीयलाई झुक्याउने प्रयास गरिएको, समितिले सल्लाह नगरि निर्णय लाद्ने गरेकोजस्ता कुराको विरोध गरिएको छ ।

केही नबुझी कार्यक्रम स्थलमा पुगेका उपप्रधानमन्त्री बामदेव गौतमले यो सरकारको नीति तथा कार्यक्रमको असन्तुष्ठिमा बनेको कार्यक्रम रहेछ त्यसैले यसका बारेमा आफूले केही नबोल्ने भन्दै आफू जोगिने प्रयास गरेका थिए ।

चुरे संरक्षण संयुक्त संघर्ष समितिमा सामुदायिक वन उपभोक्ता महासंघ लगायतका २० वटा संस्था आवद्ध रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us