गैरआवासीय नेपालीद्धारा १ लाख सहयोग

काठमाण्डु टुडे २०७१ फागुन ८ गते १२:२६ मा प्रकाशित

gulmi
गुल्मी,८ फागुन– वैदेशिक रोजगारीमा रहेका स्थानीय व्यक्तिहरुले बाग्लुङको काडेबास गाविस–८ र ९ मा रहेका नौमती बाजा समूहलाई एक लाख रकम हस्तान्तरण गरेका छन् । कला संस्कृतिको जगेर्ना र प्रबद्र्धन गर्ने उद्धेश्यका साथ सो रकम हस्तान्तरण गरिएको उनीहरुले बताएका छन् ।

संस्कृति संरक्षण मञ्च बाग्लुङ काडेबासको १४औँ वार्षिकत्सवका अवसरमा गैरआवासीय नेपाली सङ्घ युरोप क्षेत्रीय उपसंयोजक सोम सापकोटाले उक्त चेक रकम समूहका प्रतिनिधि खिमबहादुर दर्जीलाई हस्तान्तरण गरेका थिए ।

उनले रकम सङ्कलनमा सक्रिय रुपमा सहयोग गर्नुहुने सांस्कृतिक संरक्षण मञ्चका सल्लाहकार तथा समाजसेवी रेशम बुढाथोकीलगायत सम्पूर्ण सहयोगी दाताप्रति धन्यवाद दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us