प्रहरीद्धारा कुखुराको चल्ला नष्ट

काठमाण्डु टुडे २०७१ फागुन ७ गते १३:२९ मा प्रकाशित

bara map
कलैया,७ फागुन– सशस्त्र प्रहरी बल बोडर आउट पोष्ट बैरेनिया बाराले बिहिबार करिव एक लाख ४४ हजार बराबरको १८ कार्टुन कुखुराको चल्ला बरामद गरी नष्ट गरेको छ ।
बारा बरैनिया–८ स्थित चिल झप्टी गाउँनजिक तीन वटा साइकलमा कार्टुनमा राखि ल्याइएको अवस्थामा प्रहरीले ती चल्ला बरामद् गरेको हो ।

बरामद १८ कार्टुन चल्लालाई खाल्डोमा पुरी नष्ट गरिएको सशस्त्र प्रहरी उपरिक्षक भेषबहादुर शाहले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us