समाचार

तल्लो बाटोबाट अमेरिका पुगेर फर्कनु चेतनाको कमीः प्रधानमन्त्री

२०८१ चैत ६ गते १२:५६

काठमाण्डू, ७ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तल्लो बाटो हुँदै अमेरिका पुगेर फर्कनुपर्ने अवस्था सिर्जना हुनु राम्रो नभएको बताएका छन । आज बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।...

बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

२०८१ चैत ६ गते १२:४७

काठमाण्डू, ७ चैत– बलात्कार मुद्दाका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट फरार भएका छन । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएको प्रहरीले जानकारी दिएको छ । थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको...

सुस्तमनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

२०८१ चैत ६ गते ११:४९

काठमाण्डू, ७ चैत– प्रहरीले कैलालीबाट सुस्त मनस्थितिकी एक किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ गरेको छ । बुधबार साँझ साढे ४ बजे कैलारी गाउँपालिका–८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्तमनस्थितिकी किशोरीलाई जबर्जस्तीकरणी गरेको भन्दै खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उक्त...

जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

२०८१ चैत ६ गते ११:४४

काठमाण्डू, ७ चैत– जनकपुरमा आज बिहिबारबाट सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको हो । जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन...

प्रतिनिधि सभामा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर

२०८१ चैत ६ गते ११:३८

काठमाण्डू, ७ चैत– आज बिहिबार बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुँदैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुन लागेको हो । प्रतिनिधि सभामा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन...

ठूलो परिणणमा भेप बरामद

२०८१ चैत ६ गते ११:२८

सिन्धुपाल्चोक, ७ चैत– प्रहरीले सिन्धुपाल्चोकबाट ठूलो परिमाणमा अवैध रुपमा नेपाल भित्र्याइएको विद्युतीय चुरोट (भेप) बरामद गरेको छ । तातोपानी नाका हुँदै चीनबाट भित्रिएको ७ सय ४० वटा भेप बरामद भएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ । खुर्सानीबारी अस्थायी प्रहरी पोष्टबाट खटिएको प्रहरी टोलीले गएराति चेकजाँचका...

स्ववियु चुनावको परिणामबाट प्रचण्ड उत्साहित

२०८१ चैत ६ गते ११:२३

काठमाण्डू, ७ चैत– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु) निर्वाचन परिणामबाट उत्साहित भएका छन् । चैत ५ मा भएको स्ववियु निर्वाचनमा माओवादीनिकट अखिल क्रान्तिकारीको पक्षमा परिणाम भएको उनले बताए । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रचण्डले चुनावी...

महेन्द्र मोरङको स्ववियु सभापतिमा क्रान्तिकारी विजयी

२०८१ चैत ६ गते ९:४६

विराटनगर, ७ चैत– त्रिभुवन विश्वविद्यालयअन्तर्गत पूर्वकै सबैभन्दा ठूलो मानिने विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन । यादवले १ हजार १ सय १८ मतसहित विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसनिकट...

ट्रकसँग ठोक्कियो ग्यास बुलेट

२०८१ चैत ६ गते ९:३८

काठमाण्डू, ७ चैत– मकवानपुरमा ट्रकमा ग्यास बुलेट ठोक्किएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–८ मा एनएल–०१एए५००७ नम्बरको भारतीय ग्यास बुलेट र विपरीत दिशामा रहेको ग१ख ९४८१ नम्बरको ट्रक ठोक्किएर दुर्घघना भएको पहरीले जनाएको छ । मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्याले ट्रकसँग ठोक्किएर ग्यास...

यो वर्षको एसईई परीक्षा सुरु

२०८१ चैत ६ गते ९:३३

काठमाण्डू, ७ चैत– यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारबाट सुरु भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा बिहीबार बिहान ८ बजेदेखि एसइई सञ्चालन भएको हो । परीक्षा तालिकाअनुसार पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी तथा...

ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भइसकेको प्रभु साहको दाबी

२०८१ चैत ५ गते १८:०३

काठमाण्डू, ६ चैत– पूर्व मन्त्री एवं आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भइसकेको बताएका छन । आज (बुधबार) आजपको काठमाण्डूमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन । उनले...

संविधान प्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध छौँ: नेपाली सेना

२०८१ चैत ५ गते १७:२१

काठमाण्डू, ६ चैत– विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संगठनलाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी हुन थालेसँगै नेपाली सेनाले आफ्नो धारणा सार्वजनिक गरेको छ । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधान प्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध रहेको आज बुधबार बुधबार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us