तल्लो बाटोबाट अमेरिका पुगेर फर्कनु चेतनाको कमीः प्रधानमन्त्री

काठमाण्डु टुडे २०८१ चैत ६ गते १२:५६ मा प्रकाशित

काठमाण्डू, ७ चैत– एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले तल्लो बाटो हुँदै अमेरिका पुगेर फर्कनुपर्ने अवस्था सिर्जना हुनु राम्रो नभएको बताएका छन ।

आज बिहिबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन ।

प्रधानमन्त्री ओलीले भने, ‘केही बाहिर जाने त ठिकै हो, तर ठूलै संख्यामा बाहिर जाने काम भइरहेको छ । खेतहरू बाँझो भएको छ, ‘खेत छ त्यहाँ उत्पादन गर्नपर्ने ठाउँमा त्यो छाडेर ऋण काढेर बाहिर जानु, तल्लो बाटोबाट अमेरिका पुग्नु र निष्कासन भएर आउनु उचित होइन ।’

उनले यस्ता गतिविधि हुनुमा चेतनाको कमी भएको पनि बताएका छन । प्रधानमन्त्री ओलीले भने, ‘यसमा चेतनाको कमी देखिन्छ । चेतना वृद्धि गर्नु आवश्यक छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us