ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भइसकेको प्रभु साहको दाबी

काठमाण्डु टुडे २०८१ चैत ५ गते १८:०३ मा प्रकाशित

काठमाण्डू, ६ चैत– पूर्व मन्त्री एवं आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र संविधान दुवै असफल भइसकेको बताएका छन ।

आज (बुधबार) आजपको काठमाण्डूमा बसेको पदाधिकारी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले यस्तो बताएका हुन । उनले सरकार र संविधान दुवै असफल भइसकेको बताउँदै नागरिकको सर्वोच्चता सहितको व्यवस्थाका लागि पार्टीद्वारा घोषित तेस्रो जनआन्दोलन सफल बनाइनुपर्ने पनि बताएका छन ।

उनले भने, ‘सरकार सबै मोर्चामा असफल भइसकेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सहित बहुमत मन्त्रीहरू कार्यसम्पादन मूल्याङ्कनमा असफल सक्नुभएको छ । आफ्नै मूल्याङ्कनमा सरकार असफल भइसकेको छ । जनताको चाहना र आवश्यकता सम्बोधन गर्न सकेको छैन,’ साहले भने, ‘हामीले घोषणा गरे अनुसार नागरिकको सर्वोच्चता सहितको तेस्रो जनआन्दोलनलाई सशक्त र सफल बनाउन सबै एकजुट भएर अगाडी बढ्नुको विकल्प छैन ।’ आउँदो २४ मा आजपाले काठमाण्डूमा खबरदारी सभाका साथै विरोध प्रदर्शन गर्दैछ ।

त्यसैको पूर्वसन्ध्यामा बसेको पदाधिकारी बैठकमा आजपा अध्यक्ष साहले आन्दोलनलाई कसरी व्यवस्थित र प्रभावकारी रूपमा अगाडी बढ्ने बारेमा बृहत छलफल आवश्यक रहेको बताए ।

गतबर्ष नै तेस्रो जनआन्दोलनको आह्वान गरेका साहले वर्तमान संविधान र सरकारकै कारण अहिले मुलुकमा संकट आएको टिप्पणी गर्दै अहिलेको व्यवस्थाको खारेजीका लागि तेस्रो जनआन्दोलन आवश्यक रहेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us