जनकपुरमा एकघण्टा नबित्दै अंग्रेजीको प्रश्नपत्र आउट

काठमाण्डु टुडे २०८१ चैत ६ गते ११:४४ मा प्रकाशित

काठमाण्डू, ७ चैत– जनकपुरमा आज बिहिबारबाट सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयको प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको हो ।

जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन । केन्द्राध्यक्षले नै प्रश्नपत्र आउट गरेको अनुमान रहेको छ ।

यसबारे अनुसन्धान भइरहेको परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीले जानकारी दिएका छन । आज बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us