
विराटनगर, ७ चैत– त्रिभुवन विश्वविद्यालयअन्तर्गत पूर्वकै सबैभन्दा ठूलो मानिने विराटनगरस्थित महेन्द्र मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र
विद्यार्थी युनियन (स्ववियु) सभापतिमा माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका रोहित यादव निर्वाचित भएका छन ।
यादवले १ हजार १ सय १८ मतसहित विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसनिकट नेपाल विद्यार्थी संघका प्रज्ज्वल विष्ट हाक्कुले १ हजार ७५ मत पाए । एमाले निकट अनेरास्ववियुका अनिश बोगटीले जम्मा २ सय ३२ मत पाप्त गरे ।
सचिवमा नेविसंघकी सुदीक्षा थापा मगर र निर्वचित भइन् । कोषाध्यक्षमा पनि नेविसंघकै रोशनकुमार पासवान निर्वाचित भएका छन् ।