स्ववियु चुनावको परिणामबाट प्रचण्ड उत्साहित

काठमाण्डु टुडे २०८१ चैत ६ गते ११:२३ मा प्रकाशित

काठमाण्डू, ७ चैत– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन स्ववियु) निर्वाचन परिणामबाट उत्साहित भएका छन् ।
चैत ५ मा भएको स्ववियु निर्वाचनमा माओवादीनिकट अखिल क्रान्तिकारीको पक्षमा परिणाम भएको उनले बताए ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै प्रचण्डले चुनावी परिणामले माओवादी अभियानमा युवाहरूको साथ रहेको पुष्टि गरेको बताए ।

कयौं क्याम्पसमा सत्ता गठबन्धन समर्थित विद्यार्थी संगठनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिविरुद्धको अभियानमा सचेत एवं बौद्धिक युवा वर्ग आफूहरुको साथमा रहेको थप पुष्टि भएको उनको भनाइ छ ।

प्रचण्डले स्वतन्त्र विद्यार्थी युनियनमा निर्वाचित भएकाहरुलाई बधाई तथा शुभकामना पनि दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us