सुस्तमनस्थितिकी किशोरीलाई बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ

काठमाण्डु टुडे २०८१ चैत ६ गते ११:४९ मा प्रकाशित

काठमाण्डू, ७ चैत– प्रहरीले कैलालीबाट सुस्त मनस्थितिकी एक किशोरीलाई जबर्जस्तीकरणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ गरेको छ ।

बुधबार साँझ साढे ४ बजे कैलारी गाउँपालिका–८ बस्ने किशोरले १५ वर्षीया मानसिक रूपमा सुस्तमनस्थितिकी किशोरीलाई जबर्जस्तीकरणी गरेको भन्दै खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले उक्त किशोरलाई पक्राउ गरेको हो ।

किशोरलाई पक्राउ गरेर नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिएका छन । पीडित किशोरीलाई स्वास्थ परीक्षणका लागि सेती प्रादेशिक अस्पताल पठाइएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us