बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार

काठमाण्डु टुडे २०८१ चैत ६ गते १२:४७ मा प्रकाशित

काठमाण्डू, ७ चैत– बलात्कार मुद्दाका एक थुनुवा ललितपुरको पाटन अस्पतालबाट फरार भएका छन । प्रहरी वृत्त सातदोबाटोको हिरासतमा रहेका थुनुवा अछाम घर भएका दीपक साउद बुधबार दिउँसो फरार भएको प्रहरीले जानकारी दिएको छ ।

थुनुवा साउद बिरामी भएपछि उपचारका लागि भन्दै पाटन अस्पताल लगिएको थियो । सो क्रमा शौचालय जाने भनेर छिरेका उनी दिउँसो ११ बजेतिर फरार भएका हुन । उनी झ्यालबाट हामफालेर भागेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

फरार थुनुवाको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरहरी रेग्मीले जानकारी दिएका छन । १९ वर्षका साउद १७ वर्षकी किशोरीसँग लिभिङ टुगेदरमा बस्दै आएका थिए ।

ती किशोरीले केही समयअघि बच्चा समेत जन्माएकी थिइन् । विवाह गर्ने उमेर समेत नहुँदा आफूखुसी विवाह गरेर बच्चा समेत जन्माएको अवस्था रहेको प्रहरीले जानकारी दिएका छन ।

आफूलाई बेवास्ता गर्न थालेपछि १७ वर्षीया किशोरी बच्चाकी आमाले उनीविरुद्ध बलात्कार जाहेरी दिएकी थिइन् । त्यसपछि साउद पक्राउ परेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us