काठमाण्डू, ७ चैत– मकवानपुरमा ट्रकमा ग्यास बुलेट ठोक्किएको छ ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिका–८ मा एनएल–०१एए५००७ नम्बरको भारतीय ग्यास बुलेट र विपरीत दिशामा रहेको ग१ख ९४८१ नम्बरको ट्रक ठोक्किएर दुर्घघना भएको पहरीले जनाएको छ ।
मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्याले ट्रकसँग ठोक्किएर ग्यास बुलेट सडक किनारामा पल्टिएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको अर्यालले बताए ।