समाचार

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझै बलियो बनाएको छः रास्वपा

२०८३ जेठ १९ गते १८:०२

काठमाण्डू, १९ जेठ– सत्ता घटक दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नेपालको पनि भारतको धेरै ठाउँ मिचेको छ भनि दिएको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको तर्क गरेका छन । आज (मंगलबार) संघीय संसद परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उक्त पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले...

भारतले भन्योः ‘भारत-नेपाल द्विपक्षीय विषयमा तेस्रो पक्षको भूमिका हुँदैन’

२०८३ जेठ १९ गते १७:५४

काठमाण्डू, १९ जेठ– छिमेकी देश भारतले नेपाल–भारतको द्विपक्षीय विषयमा तेस्रोपक्षको संलग्नता अस्वीकार गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल–भारत सीमा विवाद समाधानमा बेलायतको पनि भूमिका हुनसक्ने अभिव्यक्ति प्रतिनिधिसभामा दिएका थिए । उक्त अभिव्यक्तितर्फ लक्षित गर्दै भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैशवालले यस्तो स्वीकार्य नहुने...

कांग्रेसले संसदीय समितिहरूको बैठक बहिष्कार गर्ने

२०८३ जेठ १९ गते १७:३२

काठमाण्डू, १९ जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने तयारी गरेको छ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा आएर माफी नमागुञ्जेल कांग्रेसले यही २५ जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए...

जबरजस्ती संसद् चलाएकोबारे सभामुखसँग सांसदहरूको सवालजवाफ

२०८३ जेठ १९ गते १७:२७

काठमाण्डू, १९ जेठ– प्रतिनिधि सभाको बैठक जबरजस्ती चलाएको भनेर विपक्षी दलका सांसदहरू सभामुखसँगै सवालजवाफमा उत्रिएका छन् । विपक्षीको वेल घेराउ नाराबाजीकाबीच विगतमा केही बैठक चले । यो विषयमा मंगलबार सभामै सभामुखसँग विपक्षी दलका सांसदहरूको सवालजवाफ भएको हो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक...

वीरगञ्जका मेयरसँग अदालतले माग्यो ४ लाख १५ हजार धरौटी

२०८३ जेठ १९ गते १७:०५

काठमाण्डू, १९ जेठ– जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसँग धरौटी माग गर्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलासले उनीविरुद्ध परेको रिट निवेदनमा सुनुवाइ गर्दै धरौटी माग गर्ने आदेश जारी गरेको अदादतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए । उनीविरुद्ध...

सीमा विवादको प्रश्नमा सभामुखले भनेः त्योभन्दा गम्भीर विषय बजेट हो भनेको छैन

२०८३ जेठ १९ गते १६:२१

काठमाण्डू, १९ जेठ– प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले सीमा विवादबारे प्रतिनिधिसभामा उठेको विषयका सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको बताएका छन । आज (मंगलबार) बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले यस्तो बताएका हुन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल–भारतको सीमा कूटनीतिक छलफलबाट...

विपक्षीले वेल घेरेपछि स्थगित भयो संसद् बैठक

२०८३ जेठ १९ गते १६:०९

काठमाण्डू, १९ जेठ– आज (मंगलबार) बसेको प्रतिनिधि बैठकमा विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा वेल घेराउ गर्दै नाराबाजी गरेसँगै सभामुख डीपी अर्यालले बैठक स्थगित भएको सूचना सुनाएका छन् । उनले प्रतिनिधिसभाको अर्को बैठक जेठ २५ गतेमात्रै बस्ने जानकारी गराए । आज दिउँसो १ बजे बस्ने तय...

कांग्रेसले दाहोर्यायो प्रधानमन्त्रीले संसद्‌मा माफी माग्नुपर्ने अडान

२०८३ जेठ १९ गते १५:२४

काठमाण्डू, १९ जेठ– नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने अडान कायमै राखेको छ । आज (मंगलबार) ढिलोगरी सुरु भएको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै कांग्रेस सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संवेदनशील भएको बताए । साथै, उनले संसद्मा आएर माफी माग्नुपर्ने कांग्रेसको...

१ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

२०८३ जेठ १९ गते १५:०७

काठमाण्डू, १९ जेठ– आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अहिले सम्मपनि सुरु हुन सकेको छैन । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बाले)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् । बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान...

प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको भन्नुभएको होइन, अचम्ममा परेको भन्नुभएको होः सरकार प्रवक्ता

२०८३ जेठ १९ गते १५:०१

काठमाण्डू, १९ जेठ– नेपाल सरकारका प्रवक्ता समेत रहेका शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादमा संसद्‍मा बोलेका कुरा पुनः सुन्न अनुरोध गरेका छन । प्रधानमन्त्रीले भारतको भूमि नेपालले मिचेको नभनी बरू आफू अचम्ममा परेको भनेर भनेको बताउँदै सरकार प्रवक्ता पोखरेलले यस्तो आग्रह गरेका...

प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने कांग्रेसको चेतावनी

२०८३ जेठ १९ गते १४:४०

काठमाण्डू, १९ जेठ– कांग्रेस राष्ट्रिय सभाका सचेतक पदमबहादुर परियारले प्रधानमन्त्री बालेन्द्र साहले ‘नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ’ भनी दिएको अभिव्यक्तिबारे माफी नमागेसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएका छन । आज (मंगलबार) बसेको राष्ट्रिय सभा बैठक सुरु हुनासाथ विशेष समय लिएर बोल्दै...

हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउनुपर्छः सुदन किराती

२०८३ जेठ १९ गते १४:२३

काठमाण्डू, १९ जेठ– पूर्व मन्त्री एवं श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालीहरुको दुः ख अन्त्य गर्न हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने तर्क गरेका छन । उदयपुरमा पत्रकार भेटघाट कार्यक्रममा नेता किरातीले यस्तो बताएका हुन । उनले हाइब्रिड नेताले देशको समस्या...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us