हर्क साम्पाङलाई प्रधानमन्त्री बनाउनुपर्छः सुदन किराती

काठमाण्डु टुडे २०८३ जेठ १९ गते १४:२३ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– पूर्व मन्त्री एवं श्रम संस्कृति पार्टीका वरिष्ठ नेता सुदन किरातीले नेपालीहरुको दुः ख अन्त्य गर्न हर्क साम्पाङ जस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने तर्क गरेका छन ।

उदयपुरमा पत्रकार भेटघाट कार्यक्रममा नेता किरातीले यस्तो बताएका हुन । उनले हाइब्रिड नेताले देशको समस्या हल गर्न नसक्ने बताएका हुन् । उनले भने, ‘इतिहासदेखि अहिलेसम्म नेपाल र नेपालीले भोगिरहेको दुस्खको अन्त्य गर्न अब कतै न कतैबाट विजारोपण गरेको या निर्माण गरिएको हाइब्रिड नेता होइन, नेपालकै माटोमा उत्पत्ति भएको अर्गानिक हर्क साम्पाड जस्तो नेतालाई प्रधानमन्त्री बनाउनुपर्छ ।’

वर्षौदेखि राजनीतिमा रहेको सिण्डिकेट तोड्दै जनताले प्रधानमन्त्री बनाएका बालेन्द्र शाहले पनि जनतालाई धोका दिएको उनको तर्क छ । ‘जनताको ठूलो आशा पनि थियो ।

तर फिल्मी शैलमिा काम गर्ने कोशिस गर्दा आज देश र जनतालाई गम्भीर धोका भएको छ,’ किरातीले भने । गरीबको गीत गाएर आएका प्रधानमन्त्रीले गरीबमाथि नै धोका दिएको पनि उनले बताए । नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएर प्रधानमन्त्री शाहले अक्षम्य गल्ती गरेको किरातीले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us