१ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु भएन

काठमाण्डु टुडे २०८३ जेठ १९ गते १५:०७ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– आज दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अहिले सम्मपनि सुरु हुन सकेको छैन । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बाले)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् ।

बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ । तर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसमा तयार भएका छैनन् ।

परिणाममा दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक साढे २ बजेसम्म सुरु हुन नसकेको हो । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ ।

साथै, राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ गर्ने विषय पनि छ । जस अन्तर्गत अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले वक्तव्यसहित आर्थिक वर्ष ०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us