कांग्रेसले दाहोर्यायो प्रधानमन्त्रीले संसद्‌मा माफी माग्नुपर्ने अडान

काठमाण्डु टुडे २०८३ जेठ १९ गते १५:२४ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले माफी माग्नुपर्ने अडान कायमै राखेको छ । आज (मंगलबार) ढिलोगरी सुरु भएको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै कांग्रेस सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति संवेदनशील भएको बताए । साथै, उनले संसद्मा आएर माफी माग्नुपर्ने कांग्रेसको अडान यथावत् रहेको समेत बताएका छन ।

उनले भने, ‘हामी यो विषयलाई लिएर संवेदनशील छौं । प्रधानमन्त्री आएर संसद्मा माफी माग्नुपर्छ । अनि त्यसपछि मात्रै हामी संसद् चलाउन दिन्छौं ।’

विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सीमा विवादबारे दिएको अभिव्यक्तिको तथ्य माग गर्दै आएका छन् ।

बिना तथ्य बोलेको हो भने माफी माग्नुपर्ने विपक्षी दलहरूको अडान छ । तर सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) यसमा तयार भएका छैनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us