कांग्रेसले संसदीय समितिहरूको बैठक बहिष्कार गर्ने

काठमाण्डु टुडे २०८३ जेठ १९ गते १७:३२ मा प्रकाशित

काठमाण्डू, १९ जेठ– प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसद् अवरोध जारी राख्दै संसदीय समितिहरूका बैठकसमेत बहिष्कार गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संसदमा आएर माफी नमागुञ्जेल कांग्रेसले यही २५ जेठसम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले ञनेपालले पनि भारतको भूमि मिचेको रहेछझ भन्ने अभिव्यक्ति दिएपछि कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ ।

सांसदलाई कानुनभन्दा माथि राख्नेगरी प्रतिनिधि सभा नियमावली जबर्जस्ती पारित गरिएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । यस्तोमा कांग्रेसले संसदीय समितिहरूका बैठक पनि बहिष्कार गर्ने भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us