काठमाण्डु, १६ भदौ– सर्वोच्च अदालतले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय समेतका नाममा कुनैपनि व्यक्तिलाई लामो कपाल भएकै आधारमा पक्राउ गर्ने रे आत्मसम्मानमा धक्का पुग्ने गरी कपाल काट्ने, जुगाँ काट्ने, मुन्द्रा झिक्न लगाउने लगायतको निन्दनीय व्यवहार नगर्न परामादेशको आदेश जारी गरेको छ । २०६९...
काठमाण्डु, १६ भदौ-प्रधानमन्त्री सुशील कोइरालाले कैलालीलगायत तराईका जिल्लामा भएको घटनालाई अध्ययन गरी वास्तविकता बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसँग पछिल्लो समयमा सीमाङ्कनका विषयलाई कैलालीलगायत विषयलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा उनले संविधान निर्माणका अन्तिम चरणमा यस्ता खालका आन्दोलनका...
नुवाकोट, १६ भदौ-गाडीको नक्कली अनुमतिपत्र बनाइदिने गिरोहलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले गत वर्ष कात्तिक ७ गते भाइटीकाको अघिल्लो दिन बेलकोटमा भएको बस दुर्घटनाका चालक आइतराम तामाङलाई नक्कली अनुमतिपत्र बनाइदिने काभ्रेपलाञ्चोक घर भएका कोटेश्वर बस्ने रामकुमार तिवारी र मदानपुर–६...
भक्तपुर, १६ भदौ-नेकपा मालेका महासचिव सिपी मैनालीले अहिलेको पाँच विकास क्षेत्रलाई नै सङ्घीय प्रदेश बनाउँदा उत्तम हुने बताएका छन् । रिपोर्टर्स क्लब भक्तपुरले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा अहिलेको आन्दोलन र विवादको समाधान पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाएर जानु रहेको उनले...
सल्यान, १६ भदौ-नेपाल रेडक्रस सोसाइटीले तीन गाविसका २७ स्वयंसेविकालाई नेपाल टेलिकमको सिमकार्डसहित मोबाइल फोन हस्तान्तरण गरेको छ । स्वयंसेविकाले सुरक्षित मातृत्व, पोषण, सरसफाइ र बाल संरक्षणका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएकाले थप हौसला दिन फोन वितरण गरिएको रेडक्रस सल्यानका सभापति यौवनप्रकाश श्रेष्ठले बताए ।...
काठमाण्डु, १६ भदौ– प्रहरीले जातीय सद्भाव बिथोल्नेगरी उछृंखल अभिव्यक्ति दिँदै हिँडेको अभियोगमा संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पालाई पक्राउ गरेको छ । आदिवासी जनजाति महांघका पूर्वमहासचिव समेत रहेका शेर्पालाई महानगरीय अपराध महाशाखाको टोलीले बुधबार दिउँसो बौद्धबाट पक्राउ गरेको हो । शेर्पालाई बौद्धस्थित शेर्पा सेवा...
काठमाण्डु, १६ भदौ-नक्कली नेपाली नोटको कारोबार गर्ने वागेश्वरी–७ नुवाकोट निवासी २० वर्षीय दीपक न्यौपाने पक्राउ परेका छन् । गँगबु बसपार्क नजिकैको आकाशे पुलमा एक हजारका ८० थान नक्कली नोटसहित भदौ १४ गते पक्राउ परेका न्यौपानेलाई बुधबार महानगरीय प्रहरी परिसर टेकुमा आयोजित पत्रकार सम्मेलनमा...
काठमाण्डु, १६ भदौ-पूर्वसभामुख दमननाथ ढुङ्गानाले संविधानमा सकभर सबै असन्तुष्ट पक्षको माग सम्बोधन हुनुपर्नेमा जोड दिएका छन् । मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपालले बुधबार आयोजना गरेको ‘कैलाली घटनापछि मानवअधिकारको स्थिति’ विषयको अन्तक्र्रियामा उनले भने, ‘गर्भभित्र नै तुहिन सक्ने संविधान जारी गर्नेतर्फ राजनीतिक दलहरुले...
काठमाण्डु, १६ भदौ-राष्ट्रपति रामवरण यादवसमक्ष नेपालका लागि विभिन्न छ मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालयमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि फिनल्यान्डका राजदूत जुर्मा सुभान्तो, लाओ प्रजातान्त्रिक गणतन्त्रका राजदूत सुथाम साकोनिनहोम, फिलिपिन्सका राजदूत टेरिस्टा सी डोजा, बहराइनका...
काठमाण्डु, १६ भदौ– संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले वार्ता बोलाउने र जनतालाई प्रहरी लगाएर दमन गर्ने एक साथ गरेको भन्दै आपत्ति जनाएका छन् । बुधबार पत्रकार सम्मेलन गरेर अध्यक्ष यादवले सीमांकनको विरोधमा भइरहेको आन्दोलन उत्कर्षमा पुग्न लागेका बेला सरकारले वार्ता बोलाएर नौटंकी...
काठमाण्डु, १६ भदौ- पछिल्लो पटक गत असार १५ देखि पुनःसञ्चालनमा आएको रत्नपार्कले दुई महिनामा १३ लाख ९३५ बराबरको आम्दानी गरेको छ । काठमाण्डु महानगरपालिकाअन्तर्गत वातावरण व्यवस्थापन विभागको रत्नपार्क तथा रानीपोखरी एकाइले पार्कमा प्रवेश गर्नेबाट वार्षिक करिब ४० लाख बराबरको आम्दानी गर्ने लक्ष्य लिए...
बर्दिया, १६ भदौ-बर्दियामा अजिङ्गरको संरक्षण हुन सकेको छैन । ‘अजिङ्गरको आहारा दैवले पु¥याउँछ’ भन्ने उखान अधिकांश नेपालीको जिब्रोमा झुन्डिएको पाइन्छ । तर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ संरक्षित वन्यजन्तु घस्रने वन्यजन्तुको सूचीमा सर्प प्रजातिका अजिङ्गर विविध कारणले यहाँ सङ्कटमा परेका छन्...