समाचार

पार्क निर्माण गर्न मागगर्दै जिप्रकामा ज्ञापनपत्र

२०७२ भदौ १७ गते १५:२३

कास्की, १७ भदौ-सिर्जना विकास केन्द्रले पोखरा नगरक्षेत्रमा रहेका सरकारी जग्गामा पार्क निर्माण गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको छ ।   यसको संरक्षणका लागि सिर्जना टोल विकास संस्था र सरोकारवालासहितको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीलाई ज्ञापनपत्र बुझाएको हो । यहाँ...

जलेश्वरमा दोहोरो झडप

२०७२ भदौ १७ गते १४:४२

गौशाला, १७ भदौ-बुधबार राति ८ बजेसम्म महोत्तरीको सदरमुकाम जलेश्वरमा आन्दोलनकारी र प्रहरीबीच भएको दोहोरो झडपमा १० जनाभन्दा बढी सर्वसाधारण घाइते भएपछि बिहीबार बिहानैदेखि जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।   सोही क्रममा आन्दोलनकारीले बिहीबार बिहानैदेखि प्रहरीसँग दोहोरो झडप सुरु गरेका छन् । प्रदर्शनकारीले बिहीबार...

खड्काले भने, ‘पन्ध्र वर्षभित्र खानेपानीको हाहाकार हुँदैछ’

२०७२ भदौ १७ गते १४:३४

पोखरा, १७ भदौ- सहरी विकास मन्त्रालयको आयोजना तथा विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा बिहीबारदेखि यहाँ जलवायु परिवर्तन र सरसफाइसम्बन्धी राष्ट्रिय सम्मेलन सुरु भएको छ ।   जलवायु अनुकूल बनाउन तथा जलवायु परिवर्तनलाई न्यूनीकरण गर्न सचेतना जगाउने उद्देश्यले आयोजित दुई दिने उक्त सम्मेलनमा खानेपानी तथा सरसफाइमा...

प्रसूति अल्ट्रासाउन्डसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

२०७२ भदौ १७ गते १४:२१

काठमाण्डु, १७ भदौ-ओम हस्पिटल एन्ड रिसर्च सेन्टरको आयोजनामा प्रसूति अल्ट्रासाउन्डसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन याक एन्ड यति होटलमा बुधबार राति सम्पन्न भएको छ ।   क्रोएसियाको आयन डोनाल्ड इन्टरयुनिभर्सिटी स्कुल अफ मेडिकल अल्ट्रासाउन्डसँगको सहकार्यमा भएको सम्मेलनमा नेपाली चिकित्सकलाई प्रसूति अल्ट्रासाउण्डसम्बन्धी दुई दिने तालिम मङ्गलबार सुरु भएको...

सुरु भयो ‘गौरा पर्व’

२०७२ भदौ १७ गते १४:०९

भीमदत्तनगर, १७ भदौ-सुदूरपश्चिमेलीको प्रमुख चाड गौरा पर्व बुधबारदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र कृष्ण पञ्चमीका दिनदेखि आरम्भ हुने गौरा पर्वको पहिलो दिन घर–घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात् पाँच प्रकारको अन्न भिजाएर पर्वको थालनी गरेका छन् ।   महिलाले व्रत बसेर गहुँ,...

‘ओ सरकार यी बालकलाई बचाऊ’

२०७२ भदौ १७ गते १३:५४

खोटाङ, १७ भदौ-काकीद्वारा बिष खुवाइएका खोटाङका एक बालकको उपचारमा खर्च अभाव भएको छ । दोर्पाचिउरीडाँडा–७ की २२ वर्षीया विमला भट्टराईले खुवाएको बिषका कारण गम्भीर बिरामी परेका चार वर्षीय भतिजा युशन भट्टराईको उपचारमा खर्च अभाव भएको हो ।   काठमाण्ढुस्थित कान्ति बाल अस्पतालमा उपचार गराइरहेका...

ताप्लेजुङ–पाँचथर सडकखण्ड अवरुद्ध

२०७२ भदौ १७ गते १३:१६

ताप्लेजुङ, १७ भदौ-सडक माथिबाट झरेको पहिरोले करिब ४० मिटर सडक पुरेपछि बिहीबार बिहानदेखि मेची राजमार्गअन्तर्गत ताप्लेजुङ–पाँचथर सडकखण्ड अवरुद्ध बनेको छ ।   मेची राजमार्गअन्तर्गत ताप्लेजुङको दोखुमा पर्ने खेक्से खोला छेउमा झरेको पहिरोले सडकको करिब ४० मिटर भाग पुरेको ताप्लेजुङका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले...

भारत जान लागेका दुई युवतीसहित पाँच पक्राउ

२०७२ भदौ १७ गते १३:१०

इलाम, १७ भदौ-इलामको पूर्वी सीमावर्ती नाकाबाट दुई युवतीसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । सीमावर्ती नाका हुँदै भारत जान लागेका दुई युवती र तीन युवालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।   इलामको समालबुङ र चिसापानी गाविसका दुई युवतीलाई माइती नेपालमा र पाँचथर तथा...

‘नेपालमा एक करोड भारतीय बस्छन्’ भन्ने भारतीय गृहमन्त्रीको पुत्ला जल्यो

२०७२ भदौ १७ गते १२:२७

डोटी, १७ भदौ– राष्ट्रिय जनमोर्चा डोटीले भारतीय गृहमन्त्री राजनाथ सिंहको पुत्ला दहन गरेको छ । भारतको महाराजगंज जिल्लामा भएको एक कार्यक्रमम सिंहले ‘नेपालमा एक करोड भारती रहेकाले उनीहरुको सुरक्षा गर्नु भारतको जिम्मेवारी हो ।’ भन्ने अभिब्यक्ती दिएका थिए । भारतिय गृहमन्त्रीको अभिब्यक्ती नेपाली राष्ट्रियता...

छाडेन भूकम्पले तर्साउन

२०७२ भदौ १७ गते ११:५५

काठमाण्डु १७ भदौ– बिहीबार बिहान ५ बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ४.३ रिक्टर स्केलको परकम्प गएको छ । बिहान गएको परकम्प गत वैशाख १२ को ‘गोरखा भूकम्प’को परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्प गएको चार महिना पुग्न लाग्दासमेत...

बिहानै प्रधानमन्त्रीलाई भेटेर के भन्यो एमाओवादीले ?

२०७२ भदौ १७ गते ११:४०

काठमाण्डु १७ भदौ– एकीकृत नेकपा माओवादीले आन्दोलनरत असन्तुष्ट मधेश केन्द्रित दलसँग वार्ता गरी सहमतिमा ल्याउन सरकारलाई आग्रह गरेको छ । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईले बिहीबार प्रधानमन्त्री सुशील कोइरालालाई भेटी आन्दोलनरत पक्षसँग वार्ता गरी सहमतिबाटै संविधान निर्माणका लागि पहल गर्न आग्रह...

सय रोपनीको टुँडीखेल पाँच रोपनीमा खुम्चियो, अतिक्रमण गर्नेमा सरकारी कार्यालय पनि

२०७२ भदौ १७ गते १०:५७

स्याङ्जा, १६ भदौ – स्याङ्जाको सदरमुकामस्थित टुँडिखेल अतिक्रमणको चपेटामा परेको छ । सय रोपनीभन्दा बढी क्षेत्रफल भएको टुँडिखेलको केही भाग पहिरोको चपेटामा परेको छ भने केही भाग जिल्ला विकास समितिले पनि अतिक्रमण गरेको छ । यतिबेला  टुँडीखेलको आकार खुम्चिएर लगभग पाँच रोपनी क्षेत्रफलमा बसेको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us