समाचार

रहेनन् विश्वकै होचा नेपालका चन्द्रबहादुर डाँगी

२०७२ भदौ १८ गते १८:११

काठमाण्डु, १८ भदौ– विश्वकै होचो मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको शुक्रबार निधन भएको छ । एक कार्यक्रमका लागि अमेरिकामा गएका डाँगी अचानक अस्वस्थ भएका थिए । त्यसपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर, उपभारकै...

कमल थापा समर्पणवादको बाटोमा लागेको आरोप

२०७२ भदौ १८ गते १७:५५

काठमाण्डु, १८ भदौ– राप्रपा नेपाल समानान्तर केन्द्रिय समितिले राप्रपा नेपालका अध्यक्ष कमल थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शुक्रबार समानान्तर समितिका प्रवक्ता सगुन सुन्दर लावतीले विज्ञप्ती जारी गरेर थापाले राप्रपा नेपालको सिद्धान्लाई बेवास्ता गर्दै संविधान संसोधनको प्रस्ताव दर्ता गराएको आरोप लगाएका छन् । थापाले...

चौथो पटक भैरहवामा निषेधित क्षेत्र घोषणा

२०७२ भदौ १८ गते १७:५३

रुपन्देही, १८ भदौ– जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा चौथो पटक निषेधित क्षेत्र घोषणा गरेको छ ।   कार्यालयले शुक्रबार साँझ ६ बजेदेखि आगामी भदौ २४ गते साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।   प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा...

विद्यालयको आयस्रोत भेटी, होटल, चौँरी र चिज

२०७२ भदौ १८ गते १७:४५

म्याग्दी, १८ भदौ-म्याग्दीको एक सामुदायिक विद्यालयले धार्मिकस्थलको भेटी, सामुदायिक लज, चौँरीपालन र चिज उद्योगलाई मुख्य आयस्रोत बनाएको छ ।   शिख गाविस–६ र ७ मा रहेको पाउद्धार मावि खयरभारानीमा भक्तजनले चढाउने भेटी, सामुदायिक लज, चौँरीपालन र चिज उद्योगको आम्दानीको भरमा सञ्चालन हुँदै आएको हो...

आर्यघाटमा विद्युतीय शवगृहमा पहिलोपटक जलेका यी शव कसका हुन् ?

२०७२ भदौ १८ गते १७:१५

काठमाण्डु, १८ भदौ-पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाहगृहमा बेवारिसे शव जलाएर परीक्षणका रुपमा दाहसंस्कार गरेको छ ।   कोषले वि.सं २०६८ मङ्सिरमा निर्माण गरेको शवदाहगृह अन्तिम चरणमा पुगेपछि परीक्षण सुरु गरिएको हो । परीक्षणबाट शवदाहगृह सफल भएको कोषले जनाएको छ । इलाका प्रहरी कार्यालय...

महतोले भने,‘सेना फिर्ता नबोलाएसम्म वार्तामा बस्दैनौ’

२०७२ भदौ १८ गते १७:०४

रुपन्देही, १८ भदौ-सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार लचिलो भएमात्र आफूहरु वार्तामा बस्नसक्ने बताएका छन् । उनले यथास्थितिमै आफूहरु वार्तामा बस्न नसक्ने बताउँदै सरकारले वार्ताको वातावरण बनाउनुपर्ने बताए ।   सद्भावना पार्टी रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष महतोले संसद्...

मोटरसाइकल ठोक्किँदा दुवै चालक गम्भीर घाइते

२०७२ भदौ १८ गते १६:४३

दमौली, १८ भदौ-तनहुँको आँबुखैरेनी–७ मा शुक्रबार दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।   आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको लु७प ६०१९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु१८प ९४०२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् । ६०१९...

‘चार दल इमान्दार भए एक सातामा नयाँ संविधान’

२०७२ भदौ १८ गते १६:३८

काठमाण्डु, १८ भदौ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलका शीर्ष नेता इमान्दार भए कार्यतालिका अनुसार एक साताभित्रै मुलुकले नयाँ संविधान पाउने बताएका छन् । अध्यक्ष थापाले चार दलका नेताहरुको स्वार्थमा संविधानसभा डो¥याउन नखोजे कार्यतालिका अनुसार नै संविधानसभा अघि बढ्ने दावी गरे ।...

साथीको हत्या गरेको आरोपमा भारतीय नागरिक पक्राउ

२०७२ भदौ १८ गते १६:३८

काठमाण्डु, १८ भदौ-साथीको हत्यामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।   बिहीबार राति बौद्ध टुसालस्थित बिएम फर्निचरमा मृत अवस्थामा फेला परेका भारत मोतिहारी घर भएका २० वर्षीय मन्टु शर्माको हत्याको आरोपमा भारतको सोही ठाउँमा घर भई काठमाण्डु बस्दै...

भ्रष्टाचारको छानविन गर्न समिति नबनाए संसद अवरुद्ध गर्छौः थापा

२०७२ भदौ १८ गते १६:३२

काठमाण्डु, १८ भदौ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मेडिकल कलेज भ्रष्टचार काण्ड छानबिन गर्न संसदीय समिति गठन नगरे व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन । रिपोर्टर्स क्लब ले शुक्रवार गरेको साक्षात्कारमा अध्यक्ष थापाले भैरहवाको यूनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख धु्रब पौडेलले...

अस्पतालमा अक्सिजन सकियो, बिरामी बचाउने कसरी ?

२०७२ भदौ १८ गते १६:२८

महोत्तरी, १८ भदौ-संयुक्त मधेसी मोर्चाले आह्वान गरेको आमहडतालका कारण महोत्तरीका अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । विगत २१ दिनदेखिको आमहडतालका कारण अस्पतालमा स्टकमा राखेको ग्यासका सिलिन्डर सकिएपछि उपचारमा समस्या भएको हो ।   अक्सिजनको सिलिन्डर एम्बुलेन्समा समेत राख्नुपर्ने भएको हुँदा अन्त पठाउनुपर्ने अवस्थाका...

अछाममा भाइरल ज्वरोको प्रकोप

२०७२ भदौ १८ गते १६:०६

अछाम, १८ भदौ-अछाम जिल्लाको मङ्गलसेन नगरपालिका वडा नं १ कुन्तिबवण्डालीमा भाइरल ज्वरो फैलिएको छ ।   वडामा एक हप्तादेखि भाइरल ज्वरोको समस्या देखिएको हो । कुन्तीवण्डाली गाउँका प्रायः सबै ज्वरोको प्रकोपले बिरामी परेको स्वास्थ्य चौकी कुन्तीवण्डालीका प्रमुख जनस्वास्थ्य निरीक्षक रामलोचन मण्डलले बताए ।  ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us