काठमाण्डु, १८ भदौ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले चार दलका शीर्ष नेता इमान्दार भए कार्यतालिका अनुसार एक साताभित्रै मुलुकले नयाँ संविधान पाउने बताएका छन् । अध्यक्ष थापाले चार दलका नेताहरुको स्वार्थमा संविधानसभा डो¥याउन नखोजे कार्यतालिका अनुसार नै संविधानसभा अघि बढ्ने दावी गरे ।...
काठमाण्डु, १८ भदौ-साथीको हत्यामा संलग्न भएको आरोपमा एक भारतीय नागरिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । बिहीबार राति बौद्ध टुसालस्थित बिएम फर्निचरमा मृत अवस्थामा फेला परेका भारत मोतिहारी घर भएका २० वर्षीय मन्टु शर्माको हत्याको आरोपमा भारतको सोही ठाउँमा घर भई काठमाण्डु बस्दै...
काठमाण्डु, १८ भदौ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले मेडिकल कलेज भ्रष्टचार काण्ड छानबिन गर्न संसदीय समिति गठन नगरे व्यवस्थापिका संसदको बैठक अवरुद्ध गर्ने चेतावनी दिएका छन । रिपोर्टर्स क्लब ले शुक्रवार गरेको साक्षात्कारमा अध्यक्ष थापाले भैरहवाको यूनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख धु्रब पौडेलले...
महोत्तरी, १८ भदौ-संयुक्त मधेसी मोर्चाले आह्वान गरेको आमहडतालका कारण महोत्तरीका अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ । विगत २१ दिनदेखिको आमहडतालका कारण अस्पतालमा स्टकमा राखेको ग्यासका सिलिन्डर सकिएपछि उपचारमा समस्या भएको हो । अक्सिजनको सिलिन्डर एम्बुलेन्समा समेत राख्नुपर्ने भएको हुँदा अन्त पठाउनुपर्ने अवस्थाका...
अछाम, १८ भदौ-अछाम जिल्लाको मङ्गलसेन नगरपालिका वडा नं १ कुन्तिबवण्डालीमा भाइरल ज्वरो फैलिएको छ । वडामा एक हप्तादेखि भाइरल ज्वरोको समस्या देखिएको हो । कुन्तीवण्डाली गाउँका प्रायः सबै ज्वरोको प्रकोपले बिरामी परेको स्वास्थ्य चौकी कुन्तीवण्डालीका प्रमुख जनस्वास्थ्य निरीक्षक रामलोचन मण्डलले बताए । ...
काठमाण्डु, १८ भदौ– २०६२/०६३ को जनआन्दोलनपछि भएको विस्तृत शान्ति सम्झौतापछि नेपालमा शान्ति तथा पुनर्निर्माण गर्ने उद्देश्यले छुट्टै ‘शान्ति तथा पुनर्निर्माण मन्त्रालय’ स्थापना भयोे । त्यही मन्त्रालयको अगुवाईमा तत्कालीन गोकर्ण गाविसमा ऐतिहासिक लोकतान्त्रिक आन्दोलनको सम्झनामा राष्ट्रिय सहिद तथा शान्ति पार्क (स्मारक) बनाउने घोषणा गरियो ।...
भक्तपुर, १८ भदौ-एनेकपा माओवादीका प्रवक्ता दीनानाथ शर्माले भदौ महिनाभित्रै नयाँ संविधान जारी हुने बताएका छन् । भक्तपुरमा शुक्रबार रफत सञ्चार क्लबले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले संविधान जारी गर्न नदिने षड्यन्त्र भए पनि भदौ महिनाभित्र संविधान जारी गर्न कसैले रोक्न नसक्ने बताएका...
काठमाण्डु, १८ भदौ– नेपाली कांग्रेसका जनजाती सभासदहरुले संविधानमा नौ बुँदे संसोधन प्रस्ताव संसदीय दलका सचेतकलाई बुझाउने तयारी गरेका छन् । केन्द्रीय सदस्यहरु सूर्यमान गुरुङ, तिलविक्रम नेम्वाङ र रत्न शेरचन, सभासदहरु रोमी गौचन थकाली र दिलमान पाख्रिनलगायत २ दर्जनले शुक्रबार छुट्टै भेला गरेर संवैधानिक हैसियतको...
ललितपुर, १८ भदौ-यस वर्षको कृष्ण जन्माष्टमीका दिन शनिबार पाटन दरबारस्थित कृष्ण मन्दिरको पूजामा सहभागी भक्तजनले डबलीमा रहेर पूजा गर्नुपर्ने भएको छ । भूकम्पका कारण मन्दिर जोखिममा रहेकाले पूजाका लागि आउने भक्तजनलाई मन्दिर प्रवेशमा रोक लगाइएको ललितपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत ताराबहादुर कार्कीले बताएका छन्...
जनकपुरधाम, १८ भदौ-जनकपुर बम काण्डको अभियोगमा सिरहा कारागारमा रहेका निलम्वित सभासद् सञ्जय साह काठमाण्डु कारागार सारिएका छन् । साहलाई बिहीबार राति सिरहा कारागारबाट काठमाण्डु सारिएको हो । पछिल्लो २० दिनदेखि मधेसमा जारी आन्दोलनमा साहले जेलभित्रैबाट भूमिका निर्वाह गर्दै आएको आशङ्कामा काठमाण्डु सारिएको बताइएको...
रौतहट, १८ भदौ-यस जिल्लाको गरुडा नगरपालिकास्थित श्रीराम सुगर मिल्समा गएराति हतियारधारी समूहले चारवटा सवारीसाधनमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार हतियारसहित आएको समूहले चिनी मिलको हाताभित्र राखिएका चारवटा गाडीमा आगो लगाएका थिए । आगो लगाएपछि सो समूह फरार भएको...
झापा, १८ भदौ-विरिङ खोलाले बगाएर शुक्रबार झापाको शनिअर्जुन नगरपालिकाका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा शनिअर्जुन नगरपालिका–३ निवासी ६५ वर्षीय वृद्ध शेरबहादुर राई रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । उनलाई दाउरा खोज्न जाने क्रममा शुक्रबार बिहान खोलाले बगाएको थियो...