समाचार

रिडीमा पहिलो पटक लाखे महोत्सव

२०७२ भदौ १८ गते १८:२७

गुल्मी, १८ भदौ-गुल्मीको धार्मिक तथा ऐतिहासिक स्थल रुरु गुल्मीमा पहिलो पटक लाखे महोत्सव सम्पन्न भएको छ ।   स्थानीय संस्कृति संरक्षण गर्ने उद्देश्यले रुरुक्षेत्र सांस्कृतिक समिति, गुल्मी उद्योग वाणिज्य सङ्घ रिडी शाखा, रिडी बजार व्यवस्थापन समिति, रुरु फ्रेन्ड्स क्लब, जनजाति महसङ्घ तथा विभिन्न जातीय...

आन्दोलनकारीको ढुंगा प्रहारबाट मोटरसाइकल चाहकको मृत्यु

२०७२ भदौ १८ गते १८:२०

नेपालगञ्ज, १८ भदौ– बाँकेमा आन्दोलनकारीले गुडिरहेको मोटरसाइकलमाथि ढुंगा हान्दा एकजनाको ज्यान गएको छ । शुक्रबार दिउँसो नेपालगञ्जबाट कोहलपुर गाइरहेको भे ५ प ८२५० नम्बरको मोटरसाइकललाई बन्दकर्ताले बाँकेको गनापुर–२, पिप्रहवा चोकामा ढुंगा हान्दा २२ वर्षका मोटरसाइकल चालक करन सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले...

नेपाल वायुसेवा निगमको मुम्बई उडान सुरु

२०७२ भदौ १८ गते १८:१८

काठमाण्डु, १८ भदौ- राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले शुक्रबारदेखि भारतको बैङ्लोर उडान सुरु गरेको छ ।   निगमको एयरबस ए ३२०/२०० जहाजले ९८ यात्रु बोकेर दिउँसो १२:४० बजे बैङ्लोरतर्फ उडान भरेको हो । यसअघि सन् २००६ मा निगमले जहाज अभाव भएको भन्दै काठमाण्डु–बैङ्लोर उडान...

सेना परिचालन संवैधानिक छ: सर्वोच्च अदालत

२०७२ भदौ १८ गते १८:१३

काठमाण्डु, १८ भदौ-सर्वोच्च अदालतले कैलालीलगायत जिल्लामा स्थानीयस्तरमा प्रजिअलाई सेनासँग सहयोग लिन सक्ने अधिकार संवैधानिक भएको ठहर गरेको छ ।   न्यायाधीश सुशीला कार्कीको एकल इजलासले प्रजिअले सेनासँग सहयोग लिन सक्ने व्यवस्था अन्तरिम संविधान २०६३ सँग नबाझिएको जनाएको छ ।   अधिवक्ताद्वय रोशनकुमार झा र...

विधेयक संसोधनको समय बढाउन माग

२०७२ भदौ १८ गते १८:११

काठमाण्डु, १८ भदौ– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार नेतृत्वको संघीय लोकतान्त्रिक मोर्चाले यथास्थितिमा संविधान जारी गर्न नहुने निष्कर्ष निकालेको छ । शुक्रबार सानेपास्थित फोरम लोकतान्त्रिकको कार्यालयमा बसेको बैठकले संविधान विधेयक मस्यौदामा संसोधन गर्ने समय सीमा थप्न जोड गर्ने निर्णय गरेको छ ।...

रहेनन् विश्वकै होचा नेपालका चन्द्रबहादुर डाँगी

२०७२ भदौ १८ गते १८:११

काठमाण्डु, १८ भदौ– विश्वकै होचो मानिसका रुपमा गिनिज बुक वर्ल्ड रेकर्डमा नाम लेखाएका नेपाली नागरिक चन्द्रबहादुर डाँगीको शुक्रबार निधन भएको छ । एक कार्यक्रमका लागि अमेरिकामा गएका डाँगी अचानक अस्वस्थ भएका थिए । त्यसपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । तर, उपभारकै...

कमल थापा समर्पणवादको बाटोमा लागेको आरोप

२०७२ भदौ १८ गते १७:५५

काठमाण्डु, १८ भदौ– राप्रपा नेपाल समानान्तर केन्द्रिय समितिले राप्रपा नेपालका अध्यक्ष कमल थापाको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । शुक्रबार समानान्तर समितिका प्रवक्ता सगुन सुन्दर लावतीले विज्ञप्ती जारी गरेर थापाले राप्रपा नेपालको सिद्धान्लाई बेवास्ता गर्दै संविधान संसोधनको प्रस्ताव दर्ता गराएको आरोप लगाएका छन् । थापाले...

चौथो पटक भैरहवामा निषेधित क्षेत्र घोषणा

२०७२ भदौ १८ गते १७:५३

रुपन्देही, १८ भदौ– जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा चौथो पटक निषेधित क्षेत्र घोषणा गरेको छ ।   कार्यालयले शुक्रबार साँझ ६ बजेदेखि आगामी भदौ २४ गते साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।   प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा...

विद्यालयको आयस्रोत भेटी, होटल, चौँरी र चिज

२०७२ भदौ १८ गते १७:४५

म्याग्दी, १८ भदौ-म्याग्दीको एक सामुदायिक विद्यालयले धार्मिकस्थलको भेटी, सामुदायिक लज, चौँरीपालन र चिज उद्योगलाई मुख्य आयस्रोत बनाएको छ ।   शिख गाविस–६ र ७ मा रहेको पाउद्धार मावि खयरभारानीमा भक्तजनले चढाउने भेटी, सामुदायिक लज, चौँरीपालन र चिज उद्योगको आम्दानीको भरमा सञ्चालन हुँदै आएको हो...

आर्यघाटमा विद्युतीय शवगृहमा पहिलोपटक जलेका यी शव कसका हुन् ?

२०७२ भदौ १८ गते १७:१५

काठमाण्डु, १८ भदौ-पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाहगृहमा बेवारिसे शव जलाएर परीक्षणका रुपमा दाहसंस्कार गरेको छ ।   कोषले वि.सं २०६८ मङ्सिरमा निर्माण गरेको शवदाहगृह अन्तिम चरणमा पुगेपछि परीक्षण सुरु गरिएको हो । परीक्षणबाट शवदाहगृह सफल भएको कोषले जनाएको छ । इलाका प्रहरी कार्यालय...

महतोले भने,‘सेना फिर्ता नबोलाएसम्म वार्तामा बस्दैनौ’

२०७२ भदौ १८ गते १७:०४

रुपन्देही, १८ भदौ-सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकार लचिलो भएमात्र आफूहरु वार्तामा बस्नसक्ने बताएका छन् । उनले यथास्थितिमै आफूहरु वार्तामा बस्न नसक्ने बताउँदै सरकारले वार्ताको वातावरण बनाउनुपर्ने बताए ।   सद्भावना पार्टी रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष महतोले संसद्...

मोटरसाइकल ठोक्किँदा दुवै चालक गम्भीर घाइते

२०७२ भदौ १८ गते १६:४३

दमौली, १८ भदौ-तनहुँको आँबुखैरेनी–७ मा शुक्रबार दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।   आँबुखैरेनीबाट डुम्रे आउँदै गरेको लु७प ६०१९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको लु१८प ९४०२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् । ६०१९...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us