इलाम, १९ भदौ-प्रदेशको सीमाङ्कनको विषयलाई लिएर जारी आन्दोलन र यसबाट सिर्जित मानवअधिकारको अवस्था बुझ्न यहाँ आइपुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीले जिल्लास्थित सुरक्षा निकायका प्रमुख र राजनीतिक दल तथा आन्दोलनकारीसँग छुट्टाछुट्टै छलफल गरेको छ । आयोगका सदस्य गोविन्द शर्मा पौडेल, क्षेत्रीय प्रमुख कोषराज न्यौपानेसहितको...
बर्दिया, १९ भदौ-बबई नदीमा पुल नहुँदा स्थानीय बासिन्दा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । नदी वारपार यहाँका बासिन्दाले वर्षौंदेखि डुङ्गाको प्रयोग गर्दै आइरहेको रामसोहन थारुले बताए । यहाँ बानियाभार र पदनाहा गाविसका गरी ४० हजार बासिन्दालाई सदरमुकाम गुलरिया आउन समस्या भएको पदनाहा...
डोल्पा, १९ भदौ-नेपालका लागि भारतीय राजदूत रणजित रायले त्रिपुराकोट गाविसस्थित वडा नं १ मा अवस्थित बाला त्रिपुरासुन्दरी मन्दिरको शनिबार उद्घाटन गरेका छन् । भारत सरकारको तीन करोड ३३ लाख ५९ हजार ५०४ सहयोगमा दुई वर्षअघि मन्दिर निर्माण सुरु गरिएको थियो । भारत सरकारकै...
काठमाण्डु, १९ भदौ-प्रधानमन्त्री सुशील कोइरालाले विश्वमा सबैभन्दा होचा व्यक्तिका रुपमा ‘गिनिज बुक अफ वल्र्ड रेकर्डस्’मा कीर्तिमान कायम गरेका चन्द्रबहादुर डाँगीको उपचारका क्रममा अमेरिकामा निधन भएको खबरले आफू मर्माहत भएको बताएका छन् । प्रधानमन्त्री कोइरालाले शनिबार विज्ञप्ति प्रकाशन गरी उनको दिवङ्गत आत्माको चिरशान्तिको कामनाका...
बर्दिया, १९ भदौ– थरुहट संघर्ष समितिले शुक्रबार बर्दियाको मैनापोखरमा थरुहट आन्दोलनलाई कमजोर बनाउने नियतले योजनावद्ध रुपले घटना घटाइएको आरोप लगाएको छ । शनिबार थरुहट संयुक्त संघर्ष केन्द्रिय समितिका संयोजक धनीराम चौधरीले प्रेस विज्ञप्ती जारी गरी प्रहरी हवल्दार देवबहादुर पाण्डेको प्रहरीले नै हत्या गरेको भन्दै...
काठमाण्डु, १९ भदौ । नेकपा एमालेका नेता माधवकुमार नेपालले विवादित संघीयताको विषयलाई आयोग बनाएर टुंग्याउनुपर्ने बताएका छन् । मदन भण्डारी अध्ययन केन्द्र, नुवाकोटले आयोजना गरेको ‘संविधान निर्माण र चुनौती’ विषयको विचार गोष्ठीमा पूर्वप्रधानमन्त्री नेपालले संविधान निर्माणका सन्दर्भमा उठेका कुरालाई कार्यदलमा छलफल गरी अघि बढाउनुपर्ने...
ताप्लेजुङ, १९ भदौ – दुई दिनदेखिको निरन्तरको वर्षाका कारण शनिबार राति झरेको पहिराले मेची राजमार्गको ताप्लेजुङ–पाँचथर सडकखण्ड फेरि अवरुद्ध वनेको छ । ताप्लेजुङ नगरपालिका– ८ दोखुमा पर्ने खोक्सेखोला छेउमा पहिरो अझै निरन्तर झरिरहेको छ । ताप्लेजुङ–कावेली सडक खण्डका विभिन्न ठाउँमा सानातिना दर्जनौँ पहिरो झरेका...
इलाम, १९ भदौ– श्रीअन्तुमा शनिबार बिहान तीन जनाको मृत्यु भएको छ । श्रीअन्तु–६ का लमन तामाङका घरमा गएका दुई र घरधनी लमनको मृत्यु भएको हो । लमनकी श्रीमतीको मृत्युपछि गाउँले कुर्न गएका अवस्थामा बिहान अचानक बेहोस भएपछि उपचारका क्रममा सूर्योदय नगरपालिकास्थित फिक्कलको प्राथमिक स्वास्थ्य केन्द्रमा...
विराटनगर, १९ भदौ – संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रिजवान अन्सारीले सरकारले वार्ताको वातावरण बनाएमा वार्ता हुने बताएका छन् । शनिबार बिराटनगरमा पत्रकार भेटघाट कार्यक्रममा उनले बिगतमा मधेसी, जनजाति, थारु र मुसलमानलगायतसँग गरिएको सम्झौता कार्यान्वयन, सेना फिर्ता र सरकारबाट आन्दोलनकारीमाथि भइरहेको दमन रोकेपछि...
कञ्चनपुर, १९ भदौ – कञ्चनपुरको दोधारा चाँदनी–९ कुतियाकभरका बासिन्दा जोगबुढा नदीमा पुल नहुँदा डुंगामा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । नदी वारपार गर्न स्थानीयले वर्षौंदेखि डुंगाको प्रयोग गर्दै आएका छन् । गाउँमा विद्यालय नहुँदा बालबालिकालाई डुंगाकै सहारामा नदी तारेर टाढाको विद्यालय पठाउने गरेका छन्...
चितवन, १९ भदौ – चितवनको भरतपुरमा शैक्षिक मेला सुरु भएको छ । ‘समृद्ध भविष्यका लागि स्वाभिमानी युवाको रोजाइ, स्वदेशी शिक्षा’ भन्ने नाराका साथ शुक्रबारदेखि तीनदिने मेला सुरु भएको हो । मेलाले चितवनको शैक्षिक विकासमा महत्वपूर्ण सहयोग पुग्ने कृषि विश्वविद्यालयका उपकुलपति ईश्वरी ढकालले बताए ।...
काठमाण्डु, १९ भदौ – शिक्षकका पेसागत माग सम्बोधनका लागि सरकारले बोलाएको वार्तामा नबस्ने नेपाल शिक्षक महासंघले स्पष्ट पारेको छ । महासंले आन्दोलनरत शिक्षकका माग पूरा गर्न चासो नदिएकाले शिक्षामन्त्री चित्रलेखा यादवसँग मात्रै वार्तामा बसेर निकास निस्कन नसक्ने ठहर गरेको छ । यही भदौ १७...