हुम्ला, १९ भदौ-मानसरोबर कैलाश दर्शन गर्न आएका एक भारतीय नागरिकको लेक लागेर मृत्यु भएको छ । भारत तमिलनाडु घर भएका शुक्रमनियन तेली कैलाश यात्राका क्रममा लेक लागेर बिरामी भई केही दिनअघि मृत्यु भएको जिल्ला प्रहरी कर्यालय हुम्लाले जनाएको छ ।...
काठमाण्डु, १९ भदौ– बाग्लुङ जिल्लालाई टुक्राएको भन्दै बाग्लुङ जिल्लाका काठमाण्डुमा बसोबास गर्ने सर्वसाधारणले राजधानीमा प्रदर्शन गरेका छन् । बाग्लुङ जिल्लाबाट संविधानसभामा प्रतिनिधित्व गर्ने सभासद् सहित काठमाण्डुमा बस्ने बाग्लुङका सर्वसाधारणले संसद भवनलाई लक्षित गरेर प्रदर्शन गरेका हुन् । प्रदर्शन काठमाण्डुको माइतिघरबाट संसद भवन बानेश्वर सम्म...
झापा, १९ भदौ-नेपाल पत्रकार महासङ्घ झापाका पूर्व अध्यक्ष कृष्ण हुमागाईंमाथि कुटपिट भएको घटनाप्रति सङ्घीय लिम्बुवान पार्टी नेपालले दुःख व्यक्त गर्दै आत्मालोचना गरेको छ । शनिबार दिउँसो बिर्तामोडमा भएको सर्वपक्षीय वार्तामा आत्मालोचना गर्नेसहित चारबुँदे सहमति भएको हो । सहमतिअनुसार उक्त घटनामा घाइते पत्रकार हुमागार्इंको शीघ्र...
काठमाण्डु, १९ भदौ– नेपाल पत्रकार महासंघले संविधानको परिमार्जित विधेयकका कतिपय प्रावधानहरूले प्रेसलाई नियन्त्रण गर्ने खालका रहेकाले संविधान संसोधनको प्रस्ताव दर्ता गराइदिन राजनीतिक दल तथा सभासदहरुलाई आग्रह गरेको छ । महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले शनिबार एक विज्ञप्ती जारी गरी संविधानको प्रस्तावनामा उल्लेख भएको पूर्ण प्रेस...
बनेपा, १९ भदौ-काभ्रेपलाञ्चोकको विभिन्न ठाउँमा झन्डै १० हजार कन्या पुजिएका छन् । एक सय तेइस वर्षदेखि परम्परागत रुपमा श्रीकृष्णजन्माष्टमीको दिन कन्या पूजा हुँदैआएको जिल्लामा बनेपामा मात्रै करिब आठ हजार कन्या पुजिएको सनातन कन्या पूजा प्रबन्ध समितिका सचिव सुरकृष्ण वैद्यले जानकारी दिए । ...
गोरखाबजार, १९ भदौ-पहिरोले अवरुद्ध रहेको उत्तरी गोरखाको रुवीनाला पर्यटकीय पदमार्ग भूकम्पपीडित महिला कामदारले सञ्चालनमा ल्याएका छन् । भूकम्पपछि झरेको पहिरोले पदमार्गको अधिकांश ठाउँ भत्केको थियो । सिर्दिवास गाविसका भूकम्पपीडित २६ महिलाले पदमार्ग खुलाएको जानकारी पर्यटन व्यवसायी साने गुरुङले दिए । ‘महिला कामदारको निरन्तरको...
काठमाण्डु, १९ भदौ-उपप्रधानमन्त्री प्रकाशमान सिंहले अन्तरिम संविधानका भरमा लामो समय मुलुक चल्न नसक्ने भएकाले अब छिट्टै देशमा संविधान जारी गरिने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनद्वारा शनिबार आयोजित वार्षिकोत्सव कार्यक्रममा उनले राजनीतिक दलबीच भइरहेको छलफलले सकारात्मक बाटो लिएकाले अबका केही दिनमै जनताले...
वीरगन्ज, १९ भदौ-जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज नगर क्षेत्रमा लगाएको निषेधाज्ञाको समय घटाएपछि जनजीवन केही सामान्य बनेको छ । निषेधाज्ञाको समय घटाएसँगै वीरगन्जमा सर्वसाधारणको चहलपहल बढेको छ । स्थानीय प्रशासनले वीरगन्जम शनिबार बिहान ९ बजेदेखि १२ बजेसम्मका लागि निषेधाज्ञा फुकुवा गरेको छ ।...
महोत्तरी, १९ भदौ- वि.सं २०३६ मा भएको जनान्दोलनका सफल योद्धामध्येका बलराम समाल मानसिक रोगले ग्रसित भई अरुको भरमा बाँच्ने गरेका छन् । गौशाला नगरपालिका– १ ९साबिक रामनगर गाविस – ३० निवासी बलरामले उतिबेलै बिएल गरेका थिए । तत्कालीन पञ्चायती व्यवस्थाको निर्देशनमा प्रहरीको यातनाका...
काठमाण्डु, १९ भदौ– असन्तुष्ट र आन्दोलनरत दलहरुको माग समेटेर नयाँ संविधानको विधेयकमाथि संशोधन प्रस्ताव राख्न प्रमुख चार दल सहमत भएका छन् । प्रमुख दलका शीर्ष नेताको शनिबार बसेको बैठकले संशोधन प्रस्ताव संयुक्त रुपमा दर्ता गराउने निर्णय गरेका हुन् । बैठकपछि नेकपा एमालेका वरिष्ठ नेता...
काठमाण्डु, १९ भदौ-विश्व सम्पदा सूचीमा रहेका पशुपतिनाथ र बौद्धनाथ क्षेत्रलाई जोड्ने डेढ किलोमिटर सडक जीर्ण भएको दुई वर्ष बितिसक्दा पनि सम्बन्धित निकायले ध्यान नदिँदा स्थानीयवासी आक्रोशित भएका छन् । हिन्दू र बौद्ध धर्मावलम्बीको तीर्थस्थलमात्र नभई नेपाल आउने विश्वभरका पर्यटकको आकर्षण केन्द्र ती स्थानसम्म...
काठमाण्डु, १९ भदौ– सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सबैले अगाडि सारेको माग संविधानमा समेटिने हो भने नेपालको नयाँ बन्ने संविधान भारतको भन्दा पनि दश गुणा ठूलो हुने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले मधेसको अधिकांश मागहरु मुल रुपमा संबोधन...