समाचार

आन्दोलनकारीबाट सर्लाहीमा ३ सरकारी कार्यालयमा आगजनी

२०७२ भदौ १९ गते ११:११

सर्लाही, १९ भदौ– सर्लाही सदरमुकाम मलंगवामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ३ वटा कार्यालयमा आगजनी गरेका छन् । शनिबार बिहान २ बजे उनीहरुले जिल्ला पशुसेवा कार्यालय, जिल्ला विकास समिति अन्तर्गतको प्राविधिक कार्यालय र परिवार नियोजन संघको कार्यालयमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको...

राष्ट्रपतिद्वारा कृष्णमन्दिरको दर्शन

२०७२ भदौ १९ गते १०:३९

काठमाडौँ, १९ भदौ – राष्ट्रपति डा रामवरण यादवले श्रीकृष्णाष्टमीको पावन अवसरमा शनिबार बिहान ललितपुरको पाटनस्थित कृष्णमन्दिर दर्शन गरी टीका, फूलमाला, पञ्चामृत एवम् प्रसाद ग्रहण गरेका छन् । सो अवसरमा उनले गत वैशाखमा गएको भूकम्पबाट क्षति भएका त्यहाँस्थित भौतिक संरचना र कृष्णमन्दिर परिसरको अवलोकन पनि...

जहाँ लोडसेडिङ नै हुँदैन

२०७२ भदौ १९ गते १०:२८

मुस्ताङ, १९ भदौ – मुस्ताङको लोमान्थाङ उपत्यकामा २४ सै घन्टा बिजुली बल्न थालिएको छ । चीन सरकारले अनुदानमा ७० किलोवाट क्षमताको सोलार प्यानल जडान गरेपछि करिब एक सय ९० घरधुरी रहेको लोमान्थाङ उपत्यकाका स्थानीयवासीले २४ सै घन्टा बिजुली बाल्न थालेका हुन् । यसअघि अन्नपूर्ण...

एक्स –रे मेसिन चलाउन रेडक्रसले अस्पताललाई दियो जेनेरेटर

२०७२ भदौ १९ गते ८:४८

  ताप्लेजुङ, १९ भदौ – नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङ शाखाले जिल्ला अस्पताल ताप्लेजुङलाई एक्स –रे  मेसिन नियमित सञ्चालनमा ल्याउन जेनेरेटर उपलब्ध गराएको छ । बिजुलीको चरम अभाव खेपिरहेको जिल्ला अस्पताललाई सहयोग पु¥याउने उद्देश्यले रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घको सहयोगमा प्राप्त ६.५ किलोवाट क्षमताको जेनेरेटर शुक्रबार एक...

सर्पको डसाइबाट किशोरीको मृत्यु

२०७२ भदौ १९ गते ८:३२

रुपन्देही, १९ भदौ– रुपन्देहीको सैनामैनामा सर्पले डसेर एक किशोरीको मृत्युभएको छ । सैनामैना नगरपालिका–४ रामनगरमा बस्ने २१ वर्षीया गीता गौतमलाई सर्पले डसेपछि बुटवल लुम्बिनी अञ्चल अस्पतालमा पुर्‍याएको र त्यहाँ उपचारका क्रममा शुक्रबार साँझ मृत्युभएको अस्पतालले जनाएको छ । गीतालाई बिहीबार राति सुतिरहेको बेलामा टाउकोमा...

कृष्ण जन्माष्टमी पर्व मनाईंदै

२०७२ भदौ १९ गते ८:१७

  काठमाण्डु, १९ भदौ – हिन्दूहरूको पावन पर्व श्रीकृष्ण जन्माष्टमी’ देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा एवम् भक्तिपूर्वक मनाइँदैछ। ज्ञानयोग, भक्तियोग र कर्मयोगका प्रणेता कृष्णको पूजाआज गरी यो पर्व मनाउने गरिन्छ । आज मुलुकभरिका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष...

थरुहट कार्यकर्ताद्वारा मोटरसाइकल चालकको हत्या

२०७२ भदौ १८ गते १९:४८

नेपालगञ्ज, १८ भदौ– बाँकेमा आन्दोलनरत थरुहट कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । भे ५ प ४२५० नम्बरको मोटरसाइकलमा नेपालगञ्जबाट कोहलपुरतर्फ जाँदै गरेका बाँके नौबस्ता–२ का २२ वर्षीय करण सिंहको आन्दोलनकारीको ढुंगा प्रहारबाट ज्यान गएको हो । नेपालगञ्ज–कोहलपुर सडकखण्डस्थित गनापुर...

शान्ति र सद्भावका लागि पापडको आग्रह

२०७२ भदौ १८ गते १९:३७

काठमाण्डु, १८ भदौ-शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड)को शुक्रबार बसेको विशेष बैठकले मुलुकका विभिन्न भागमा भएका आन्दोलनलाई शान्ति र सद्भावपूर्ण बनाउन आग्रह गरेको छ ।   बैठकपछि पापडका संयोजक तथा नेपाल प्राध्यापक सङ्घका अध्यक्ष रामेश्वर उपाध्याले जारी गरेको विज्ञप्तिमा आन्दोलनरत दलसँग वार्ताको वातावरण...

यो बेला राष्ट्रिय एकता कायम राख्न सक्नुपर्छ: राष्ट्रपति

२०७२ भदौ १८ गते १९:२७

काठमाण्डु, १९ भदौ-राष्ट्रपति रामवरण यादवले मातृभूमिको सभ्यता, सम्पन्नता र विविधतालाई जोगाउन आआफ्ना स्थानबाट सङ्कल्प, सद्भाव, सद्विचार र सत्कर्म नछाडी धार्मिक सहिष्णुता एवम् सद्भावलाई चिरकालपर्यन्त अक्षुण्ण राखेर मनुष्य जन्म सफल बनाउनुपर्ने बताएका छन् ।   श्रीकृष्ण जन्माष्टमीका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै उनले यस पर्वले...

मधेशी दलहरु नआएपनि संविधान जारी गर्नुपर्छः परराष्ट्रमन्त्री

२०७२ भदौ १८ गते १९:२०

नुवाकोट, १८ भदौ-परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नयाँ संविधानमार्फत देशलाई नयाँ अध्यायमा प्रवेश गराउने बेलामा विभिन्न बहानामा संविधानविरोधी काम गर्न नहुने बताएका छन् । खड्गभन्ज्यायाङ–६स्थित प्रगतिशील उमाविको निर्माणाधीन भवनको शुक्रबार शिलान्यास गर्दै मन्त्री पाण्डेले दलहरुको सहमतिमा जसरी पनि संविधान जारी गरेरै छाडिने दृढता व्यक्त गरे ।...

शीर्ष नेता इमान्दार नभएका कारण मधेस जल्यो: यादव

२०७२ भदौ १८ गते १९:०९

महोत्तरी, १ भदौ-नेकपा माओवादीका संयोजक मातृकाप्रसाद यादवले शीर्ष तहका नेता इमान्दर नभएका कारण मधेसलगायतका क्षेत्रमा बारम्बार आन्दोलन भइरहेको बताएका छन् । शुक्रबार महोत्तरीको औरहीमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै संयोजक यादवले विगतमा तत्कालीन सरकारले मधेसी दलका नेतासँग गरेको निर्णयको कार्यान्वयन...

लिम्बुको नेपालीपन, कैलाली घटनामा मृतकका परिवारलाई बेलायतमा कमाएको पैसा सहयोग

२०७२ भदौ १८ गते १९:०५

  काठमाण्डु, १८ भदौ– बेलायतमा बस्दै आएका २१ बर्षीय नेपाली युवा लेखराज लिम्बुले टीकापुर घटनामा परि मृत्यु भएका प्रहरीका परिवारलाई प्रति परिवार २० हजारका दरले आर्थिक सहयोग गरेका छन् । सुनसरी तरहरा–२ स्थायी घर भई हाल बेलायतको वइमली अलपटनमा बस्दै आएका लिम्बुले मृतकका परिवारलाई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us