समाचार

पार्टी निर्देशन विपरीत संविधान संसोधनको प्रस्ताव दर्ता

२०७२ भदौ १८ गते १४:२६

काठमाण्डु, १८ भदौ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद डा. शेखर कोइरालाले पार्टीको ह्वीप तोड्दै संविधानबाट धर्म निरपेक्षता हटाउने संशोधन प्रस्ताव दर्ता गरेका छन् । डा.कोइरालाले संविधानसभा सचिवायलमा संशोधन प्रस्ताव दर्ता गरेका छन् । संविधानको विधेयक संशोधन गरी धर्म निरपेक्षता शब्द हटाइनुपर्ने डा. कोइरालाको...

प्रर्दशनकारीको गोली प्रहारबाट प्रहरी हवल्दारको मृत्यु

२०७२ भदौ १८ गते १४:२०

बर्दिया, १८ भदौ– थरुहट संयुक्त संघर्ष समिति र संयुक्त मधेसी मोर्चाकाका कार्यकर्ताले गोली हानी प्रहरीको हत्या गरेका छन् । शुक्रबार बिहान बर्दियामा प्रहरीसँग् भएको झडपमा प्रर्दशनकारीले मकैबारीमा लुकेर प्रहरी हवल्दार देवबहादुर पाण्डेको हत्या गरेका हुन् । राजधानीबाट आएका रात्रिबसलाई स्कर्टिङ गरेर गन्तव्यस्थलतर्फ पु¥याउने क्रममा...

साझाका लागि सरकार जे गर्न पनि तयार छ: प्रधानमन्त्री

२०७२ भदौ १८ गते १४:१७

काठमाण्डु, १८ भदौ-प्रधानमन्त्री सुशील कोइरालाले नेपाली भाषा–साहित्यको धरोहरका रूपमा रहेको ‘साझा प्रकाशन’ लाई डुब्न नदिन सरकारले आवश्यक सहयोग गर्ने बताएका छन् ।   ‘साझा बचाउ अभियान’ अन्तर्गत शुक्रबार सो संस्थाका पदाधिकारी र वरिष्ठ स्रष्टासँगको भेटवार्तामा प्रधानमन्त्री कोइरालाले संस्थाको कार्ययोजनाअनुसार आर्थिक घाटा पूर्ति तथा चालु...

सुरक्षा घेरामा १९३ मालबाहक गाडी गन्तव्यतर्फ

२०७२ भदौ १८ गते १४:०१

वीरगन्ज, १८ भदौ-प्रहरीको सुरक्षामा वीरगन्जबाट १९३ मालबाहक गाडी राजधानीलगायत विभिन्न स्थानमा पठाइएको छ ।   सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै मधेस केन्द्रित दलले गरेको अनिश्चितकालीन मधेस बन्दका क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच पटकपटक झडप हु“दा शान्तिसुरक्षा कायम गराउन स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणाले...

चीनमा यसरी सम्झिइदैछ महाकवि देवकोटालाई

२०७२ भदौ १८ गते १३:२८

काठमाण्डु, १८ भदौ-महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवन र लेखनका विभिन्न आयामबारे मित्रराष्ट्र चीनको राजधानी बेइजिङमा आउँदो सोमबारदेखि दुई दिने बृहत् प्रदर्शनीको आयोजना हुने भएको छ ।   प्रदर्शनीमा देवकोटाको जीवन र लेखनलाई उजागर गर्ने करिब ४० फ्लेक्स, देवकोटाका तीन दर्जन पुस्तक, देवकोटाका कृतिको समालोचना र...

डा केसीको जीवन रक्षा गर्न दबाब

२०७२ भदौ १८ गते १३:१६

कास्की, १८ भदौ- स्वास्थ्य शिक्षामा सुधारको माग गर्दै अनसनमा बसेका डा गोविन्द केसीको अनसनप्रति ऐक्यबद्धता जनाउँदै पोखरामा शुक्रबार बिहान दबाब ¥याली निकालिएको छ ।   सुशासनका लागि नागरिक समाज (सुनास) कास्कीको समन्वय तथा पोखराका विभिन्न सामाजिक सङ्घसंस्थाको सहकार्यमा दबाबमूलक ¥याली निकालिएको हो ।  ...

दामोदरकुण्ड जाने भक्तजनका लागि यस्तो सुविधा

२०७२ भदौ १८ गते १३:०८

मुस्ताङ, १८ भदौ-मुस्ताङको प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्डमा स्नान र दर्शनका लागि जाने भक्तजनको सुविधाका लागि आवासगृह निर्माण गरिएको छ ।   जिल्ला विकास समितिको पहलमा पर्यटन बोर्डको करिब २० लाखको लागतमा सुर्खाङ गाविसको सुर्खाङ गाउँभन्दा केही माथि अस्थायी आवास गृह निर्माण गरिएको हो ।  ...

सीमांकन बिनाको संविधान घोषणा गर्नुपर्छः गगन थापा

२०७२ भदौ १८ गते १२:१०

रामेछाप, १८ भदौ – नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले सीमांकनमा देखिएको विवाद टुंग्याउन सात प्रदेशको सीमांकनको कामलाई अहिले थाती राखेर भए पनि संविधान घोषणा गर्नुपर्ने बताउएका छन् । संसद्को कृषि समितिका सभापतिसमेत रहेका थापाले संविधान घोषणा गरेर मात्र सीमांकनका लागि आयोग बनाउनुपर्ने बताए...

शीर्ष नेताहरु छलफलमा व्यस्त

२०७२ भदौ १८ गते ११:४६

काठमाण्डु, १८ भदौ– आन्दोलनरत समूहहरुको माग सम्बोधन गर्दै संविधान जारी गर्ने विषयमा शीर्ष नेताहरु शुक्रबार बिहानैदेखि छलफलमा जुटेका छन । बालुवाटाको एक घरमा जारी दलहरुको गोप्य छलफलमा संविधान निर्माणको प्रक्रियालाई जारी राख्दै आन्दोलनरत दलहरुसँग वार्ताका लागि तयारी भइरहेको बताइएको छ । असन्तुष्ट दलहरुको माग...

बेवारिसे शव फेला

२०७२ भदौ १८ गते ११:२९

बर्दिया, १८ भदौ – बर्दियाको गुलरिया नगरपालिका–२ बैरियाघाटस्थित बबई नदीमा बेवारिसे एक युवतीको शव बिहीबार फेला परेको छ । अन्दाजी २३ वर्षीया युवतीको शव अनुहारलगायत शरीरको छाला खुइलिएर दुर्गन्धसमेत आएको अवस्थामा फेला परेको प्रहरीले बताएको छ । स्थानीयले शव देखेर जानकारी दिएपछि प्रहरी उक्त...

कृष्णसारको संख्या बढ्योे

२०७२ भदौ १८ गते ११:२७

बर्दिया, १८ भदौ – बर्दियाको गुलरिया नगरपालिका खैरापुर–२ पण्डितपुर रहेको कृष्णसार संरक्षण क्षेत्रमा कृष्णसारको संख्या हाल दुई सय ६२ पुगेको छ । संरक्षण क्षेत्र कार्यालयका प्रमुख नारायण रुपाखेतीले अहिले कृष्णसारको संख्या दुई सय ६२ पुगेको जानकारी दिए । यसअघि कृष्णसारको संख्या तीन सय रहेको...

भूकम्पपीडितलाई पहिरोको डर

२०७२ भदौ १८ गते ११:२२

सिन्धुपाल्चोक, १८ भदौ – सिन्धुपाल्चोकमा भूकम्पपछि पहाड र बस्तीमा धाँजा फाटेका कारण जोखिम निम्त्याएको छ । यसको असर सबैभन्दा बढी विकट क्षेत्रका बस्तीमा देखिएको छ । जिल्लाको विकट गाविस गोल्चे–६ र ७ को मानव बस्ती चिराचिरा भई बस्नै नसक्ने अवस्थामा पुगेको स्थानीयवासीले बताएका छन्...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us