पार्टी निर्देशन विपरीत संविधान संसोधनको प्रस्ताव दर्ता

काठमाण्डु टुडे २०७२ भदौ १८ गते १४:२६ मा प्रकाशित

Shekhar koirala
काठमाण्डु, १८ भदौ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद डा. शेखर कोइरालाले पार्टीको ह्वीप तोड्दै संविधानबाट धर्म निरपेक्षता हटाउने संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

डा.कोइरालाले संविधानसभा सचिवायलमा संशोधन प्रस्ताव दर्ता गरेका छन् ।

संविधानको विधेयक संशोधन गरी धर्म निरपेक्षता शब्द हटाइनुपर्ने डा. कोइरालाको प्रस्तावमा उल्लेख रहेको छ ।

कोइरालाले १२ वटा बुँदामा संशोधन प्रस्ताव पेश गरेका उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए ।

नेपाली कांग्रेस संसदीय दलको बुधबार बसेको बैठकले व्यक्तिगत रुपमा संशोधन प्रस्ताव नहाल्न सभासदहरुलाई दिएको निर्देशन विपरित संशोधन प्रस्ताव दर्ता गरेका कोइरालाले आफूलाई कारवाही गरेर देखाउन चुनौति दिएका छन् ।

डा. कोइरालाले आफ्ना कुरा सुन्दै नसुनेपछि संशोधन प्रस्ताव दर्ता गरेको भन्दै आफुलाई पार्टीबाट कारवाही गर्न चुनौति दिए ।

नेपाली कांग्रेस बहुलवादमा आधारित पार्टी भएकाले आफूले कांग्रेसको मौलिकतालाई गुम्न नदिने डा. कोइरालाले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us