सिपीले भने, ‘अहिलेको विवादलाई समाधान गर्ने हो भने पाँच प्रदेश बनाऊ’

काठमाण्डु टुडे २०७२ भदौ १६ गते १८:०६ मा प्रकाशित

cp mainali
भक्तपुर, १६ भदौ-नेकपा मालेका महासचिव सिपी मैनालीले अहिलेको पाँच विकास क्षेत्रलाई नै सङ्घीय प्रदेश बनाउँदा उत्तम हुने बताएका छन् ।

 

रिपोर्टर्स क्लब भक्तपुरले बुधबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा अहिलेको आन्दोलन र विवादको समाधान पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाएर जानु रहेको उनले बताए ।

महासचिव मैनालीले हिमाल, पहाड र तराई मिलेको पाँच विकास क्षेत्रलाई पाँच प्रदेशमा विभाजन गर्नु सुरक्षाको दृष्टिकोणले समेत राम्रो भएको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us